नेप्सेमा माई खोला हाइड्रोपावरको आइपीओ सूचिकृत
मेरोन्यूज
२०८० जेठ १ गते १४:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ३९ लाख २१ हजार ५६८ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको शेयरलाई नेप्सेले एमकेएचएल कारोबार संकेत प्रदान गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई वितरण गरेको ३ लाख ९२ हजार १५७ कित्ता, सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) लाई निष्काशन गरिएको १५ लाख २९ हजार ४११ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २० लाख कित्ता सहित उक्त बराबरको शेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १११ रुपैयाँ ६७ पैसा देखि ३३५ रुपैयाँ १ पैसासम्मको लागि ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा भोलि मंगलबारदेखि कम्पनीको शेयर कारोबारमा आउछन् ।
सम्बन्धित
















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया