बैंकिङ क्षेत्रको ठूलो स्रोत सिमित व्यक्तिको हातमा हुँदा अर्थतन्त्रमा समस्या : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत, साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् ।
सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशालासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा देखिएको समस्याबारे बोलेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले उपलब्ध स्रोत, साधनहरू अनुत्पादक र कम उत्पादक क्षेत्रहरूमा केन्द्रीत हुँदा पनि अर्थतन्त्रमा समस्या देखिएको बताए । उनले बैंकिङ क्षेत्रबाट भएको लगानीको आकार अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिएको भन्दै समयमै उचित कदम चाल्न ध्यानाकर्षण गराए ।
‘बैंकिङ क्षेत्रको विकास र विस्तारबाट देशमा वित्तीय पहुँच बढेको छ, कर्जा लगानीमा भएको वृद्धिबाट हरेक क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन मद्दत पुगेको छ,’ उनले भने, ‘बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने न्यून देखिन्छ ।’
प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारी वृद्धितर्फ देशले प्रगति हासिल गर्न नसकेको बताए । उनले दैनिक उपभोग्य वस्तुहरूको ठूलो मात्रामा आयात गर्नु परेकाले व्यापार घाटा चुलिदै गएको उल्लेख गरे ।
‘मेरो नेतृत्वमा सरकार बनेदेखि अर्थतन्त्रमा देखा परेका चुनौती सामना गर्न केही महत्वपूर्ण कदम चालिएका छन् । सुशासन, समृद्धि तथा सामाजिक न्याय लक्षित विभिन्न नीति र कार्यक्रमहरु कार्यान्वयनमा लान सुरु गरिएको छ,’ उनले भने ।
उनले किसानहरूले बेलैमा मल पाउने गरी मलको आपूर्ति सुनिश्चित भएको बताए । त्यस्तै भ्रष्टाचारविरुद्ध सरकार गम्भिर रुपले लागेको उनको भनाइ छ ।
















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया