सोमबार, चैत १६, २०८२

एनओजी नारायणघाट दोस्रो च्याप्टर राइड सम्पन्न

मेरोन्यूज २०८० जेठ १ गते २०:०३

काठमाडौँ । टिभिएस मोटर कम्पनीका लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) दोस्रो पटक राइड सम्पन्न गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गत वैशाख ३० गते शनिबार आयोजना भएको यस राइड टिभिएसको नारायणघाट शोरूम (मालश्री मोटर्स नारायणघाट)बाट शुरु भएर जगतपुर, चितवन पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीबीच विभिन्न गेम पनि खेलाइएको थियो ।

साथै, सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ४० जना राइडरहरू सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनु पर्ने नियम र सुरक्षाको जानकारी प्रदान गरिएको थियो ।

प्रतिक्रिया