गुजरातसँग पराजित भएपछि आईपीएलको उपाधी होडबाट बाहिरियो हैदरावाद

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि होडबाट सनराइजर्स हैदरावाद बाहिरिएको छ । गयराति भएको खेलमा गुजरात टाइटन्ससँग ३४ रनले पराजित भएपछि हैदरवाद उपाधी होडबाट बाहिरिएको हो ।
गुजरातले भने गएक खेल बाँकी छँदै प्लेअफमा स्थान पक्का गरेको छ ।
१३ खेलबाट १८ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । गुजरातले शीर्ष दुईमा रहने पक्का छ र सिधै क्वालिफायर खेल्नेछ । गजरातले अब लिगमा बेंगलोरसँग खेल्न बाँकी छ ।
आठौं हार बेहोरेको हैदरावाद भने लिग चरणबाट बाहिरिने दोस्रो टिम बनेको छ । यसअघि नै दिल्ली क्यापिटल्स लिगबाट बाहिरिसकेको छ ।
घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले शुभनम गिलको शतकमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । गिलले ५८ बल खेल्दै १३ चौका र १ छक्का मद्दतमा १०१ रन बनाए ।
साई सुदर्शनले ४७ रन बनाए । हैदरावादका भुवनेश्वर कुमारले ५ विकेट लिए ।
१८९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनायो । हैदरावादका लागि हेनरिच क्लासेनले ५४ र भुवनेश्वर कुमारले २७ रन जोडे ।
गुजरातका लागि मोहम्मद शामी र मोहित शर्माले ४, ४ विकेट लिए ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया