सोमबार, चैत १६, २०८२

बंगलादेशले नेपालको ४० मेगावाट बिजुली किन्ने

मेरोन्यूज २०८० जेठ ३ गते ८:१८

काठमाडौं । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने गर्ने भएको छ । बंगलादेशमा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्न नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको जानकारी दिए ।

२०७७ को साउन पहिलो साता नेपाल सरकारले आन्तरिक रूपमा उत्पादित बिजुली खपत हुन नसक्ने भएमा छिमेकी मुलुक भारत र बंगलादेशमा बिक्री गर्न सक्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई पूर्वस्वीकृति दिएको थियो ।

वर्षायाममा बढी हुने बिजुली नेपालले भारतीय बाटो प्रयोग गरी बंगलादेश निर्यात गर्नेछ ।

प्रतिक्रिया