सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन, कोठे बैठक भन्दै हर्कले गरे बहिष्कार

काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले आज सांसदहरूसँग छलफल गरेका छन्।
सत्ता र प्रतिपक्षीमा रहेका दलका सांसदहरूसँग प्रधानमन्त्रीले छलफल गरिरहेका हुन्। प्रदेशगत रूपमा प्रधानमन्त्रीले सांसदहरूसँग सामूहिक छलफल गरेका हुन्।
कोशी प्रदेशकाे छलफलमा एमालेबाट निर्वाचित सांसाद सुहाङ नेम्वाङ, राजेन्द्रकुमार राई सहभागी थिए । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङसहितका सांसदहरू भने बैठकमा सहभागी भएनन् ।
हर्कले फेसबुकमा एक पाेष्ट लेख्दै सदनको बैठक नबाेलाइ कोठे बैठक बाेलाइएकाे भन्दै टिप्पणी गरे ।
‘प्रधानमन्त्रीले सदन बोलाउन तिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण था भएन। हामी कोठे बैठकमा आउँदैनौँ। सदनको वैठक बोलाउनु परो। हप्ताको १ चोटि कम्तीमा राख्नु पर्छ बैठक। जनताको प्रश्नदेखि भाग्न पाइँदैन, सबै प्रश्नका उत्तर दिनैपर्छ, जय लोकतन्त्र,’ साम्पाङले लेखेका छन्।
कोशीको छलफल सकाएपछि कर्णाली प्रदेशबाट निर्वाचित राप्रपा सांसद ज्ञानेन्द्र शाहीलगायत सांसदहरूसँग बालेनले छलफल गरेका छन् ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया