सरकारले खर्च कटौती गर्नुको विकल्प छैन : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौँ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी बजेटमा चालु खर्च कटौती गर्नुको विकल्प नभएको बताएका छन् । बिहीबार काठमाडौँमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पूर्वअर्थमन्त्री पाण्डेले एमाले सरकारमा भएको बेला वितरणमुखी बजेट ल्याएको स्वीकार गर्दै अहिलेको अवस्था धेरै उत्साहित भएर बजेट बाँड्न सक्ने स्थिति नभएको बताए । उनले अहिले राजनीतिक पार्टीहरूले एक अर्कालाई आरोप प्रत्यारोप लगाउँदै अर्थतन्त्रको सिङ्गो जहाज खतरामा पर्ने अवस्था देखिएको दाबी गरे ।
उनले अर्थमन्त्रीले सरकारसँग वित्त नीतिमा ठाउँ छैन सबै राष्ट्र बैंकले मौद्रिक नीतिमा गर्नु पर्छ भन्नु अनुचित र व्यवहारिक नभएको बताए । उनले मुलुकको समग्र अर्थतन्त्रको जिम्मेवारी राष्ट्र बैंकको नभएर सरकार र अर्थमन्त्रीको भएको बताएका थिए ।
‘सरकारका अर्थमन्त्रीले वित्त नीतिमा ठाउँ छैन, अर्थतन्त्रको सुधारका लागि आवश्यक नीति राष्ट्रले गर्नु पर्छ भन्ने कुरा व्यहारिक र सैद्धान्तिक रुपले गलत हो,’ उनले भने, ‘अर्थतन्त्रको ओभरल डाटा अर्थमन्त्री र सरकार हो, राष्ट्र बैंक होइन, रोजगारी र पुँजीगत खर्च बढाएर स्पेश बनाउँछ त्यो राष्ट्र बैंकका गभर्नरले सक्दैनन् ।’
उनले बैंकले कर्जा दिन राष्ट्र बैंकले सक्ने बताउँदै अर्थतन्त्र चलायमान बनाउने स्पेश अर्थमन्त्री वा सरकारसँग मात्रै भएको बताए । उनले सरकार आफ्ना कमजोरी करेक्सन गर्न तयार हुनु पर्ने बताए ।















अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर
दक्षिणी लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा कडा निन्दा
चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया