सुशान्तले बलिउडको राजनीति बुझ्न सकेनन्ः मनोज बाजपेयी

काठमाडौं । मनोज बाजपेयी यतिबेला आफ्नो आगामी फिल्म ‘सिर्फ एक बन्द काफी है’ लाई लिएर चर्चामा छन् । हालै फिल्मको प्रमोशनका क्रममा उनले दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको बारेमा कुरा गरेका छन् ।
उनले भने, ‘फिल्म क्षेत्रमा धेरै राजनीति हुन्छ । अगाडि बढ्दा यो राजनीति झनै फोहोर हुँदै जान्छ ।’
मनोजले आफू र सुशान्त एकअर्काको निकै नजिक रहेको बताए । उनले सुशान्त जिद्दी भएकाले यहाँको राजनीति झेल्दै गएको र पछि सहन नसकेको बताए । सुशान्तले आत्महत्याजस्तो कदम चाल्ने आफुले कहिल्यै नसोचेको उनले बताए ।
मनोजले भने, ‘सुशान्त स्टार बन्न चाहन्थे । स्टार बन्नको लागि धेरै मान्छे छोड्नुपर्छ ।’
‘यहाँ प्रतिस्पर्धा अधिकतम छ। अभिनयमा आउने जो कोही पनि स्टार बन्न चाहन्छन् ।’ उनले भने ‘सुशान्त शुद्ध मनका थिए । ऊ भित्रबाट एक बच्चा थिए। उनले बलिउडको राजनीति बुझ्न सकेनन्।’
सुशान्त १४ जुन, २०२० मा बान्द्रा स्थित उनको घरमा रहस्यमय रूपमा मृत फेला परेका थिए।
















सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया