बुधबार, वैशाख २३, २०८३

आईसीसी विश्वकप छनोट खेल्न नेपाली टोलीको घोषणा, को-को परे ?

मेरोन्यूज २०८० जेठ ८ गते १६:५४

काठमाडौँ । जिम्बाबेमा हुने आईसीसी विश्वकप क्रिकेट छनोटका लागि २२ सदस्यीय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको कप्तानी टोलीको घोषणा गरेको हो ।

Advertisement
NiccNicc

नेपाल गत चैतमा घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गतको खेलमा तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

पछिल्लो समय लयमा रहेको नेपाली टोलीले विश्वकप छनोटमा टेष्ट राष्ट्रसँग खेल्ने छ । विश्वकप छनोट आगामी जुन–जुलाइमा जिम्बाबेमा हुने छ ।

छनोटअघि नेपाली टोलीले दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्ने तयारी गरेको छ । यही महिनाको अन्तिममा दक्षिण अफ्रिका जाने टोलीले अभ्यास खेलपछि उतैबाट जिम्बाबे जाने भएको हो ।

नेपालको प्रारम्भिक टोलीः

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सुदिप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनास बोहोरा

प्रतिक्रिया