बिहीबार, वैशाख २४, २०८३

अमेरिकाको कन्सास शहरमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

मेरोन्यूज २०८० जेठ ८ गते २०:१६

काठमाडौँ । अमेरिकामा आइतबार बिहान (स्थानीय समय) कान्सास शहरको बारमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

Advertisement
NiccNicc

पीडितमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । एक जना बारभित्र र अर्का भवनबाहिर मृत अवस्थामा फेला परेका थिए । त्यसैगरी अर्का घाइतेको अस्पतालमा मृत्यु भएको थियो ।

गोलीबारीमा घाइते भएका अन्य दुई जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । फक्स न्युजका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ भने अर्काको अवस्था स्थिर रहेको छ ।

पीडितहरूको पहिचान हुन सकेको छैन । के कारणले गोली चलाएको हो भन्ने बारे अनुसन्धान जारी छ ।

सन् २०२३ मा अमेरिकामा मे ७ सम्म २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया