नबिल बैंकको ४ लाख ८२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मेरोन्यूज
२०८० जेठ ९ गते ११:१०

काठमाडौं । नबिल बैंकले ४ लाख ८२ हजार ८ सय ८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको बैंकले जनाएको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
ताेकिएकाे समयमा विद्यमान संस्थापक शेयरधनीहरुबाट शर्त बमोजिम शेयर खरिदको लागि निवेदन पर्न नआएमा प्रचलित कानुन अनुसार उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया