गुजरातलाई पराजित गर्दै चेन्नाई आईपीएलको फाइनलमा

काठमाडौँ । गुजरात टाइटन्सलाई १५ रनले पराजित चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । गयराति भएको आईपीएलको पहिलो क्वालीफायरमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाईले फाइनलमा स्थान पक्का गरेको हो ।
चेन्नाईसँग पराजित भएको डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई फाइनल पुग्न भने अझैं एक मौका रहने छ ।
एलिमिनेटर राउन्डमा मुम्बई र लखनऊ भिड्दै छन् । मुम्बई र लखनऊको विजतासँग गुजरातले फाइनल प्रवेशका लागि फेरि एक पटक प्रतिस्पर्धा गर्ने छ ।
पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा सवै विकेट गुमाएर १५७ रन बनायो ।
चेन्नाइका लागि लागि ऋतुराज गायकवाडले ६०, डेभोन कोनवेले ४०, रविन्द्र जडेजाले २२ तथा अजिंक्या रहाणे र अम्बाती रायडूले १७, १७ रन बनाए ।
गुजरातका मोहम्मद सामी र मोहित शर्माले दुई दुई विकेट लिए ।
१७३ रनको लक्ष्य पछ्याएको गुजरातका लागि ऋद्धिमान साहले १२, शुभमन गिलले ४२, रासिद खानले ३०, दासुन सनका १७ तथा भिजय शंकरले १४ रन जोडे ।
चेन्नाईका लागि दीपक चहार, मथिसा पथरिना, महेश तिक्षणा र रविन्द्र जडेजाले दुई दुई विकेट लिए ।
चेन्नाई आईपीएलका चार पटकको च्याम्पियन टिम हो ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया