क्यानाडा-साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना
मेरोन्यूज
२०८० जेठ ११ गते १५:०७

काठमाडौँ । क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले बुधबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
क्यानाडाले साउदी अरबका लागि नयाँ राजदूतका रूपमा ज्याँ फिलिप लिन्टोलाई नियुक्त गरेको क्यानाडाको विदेश मन्त्रालयद्वारा बिहीबार जारी एक विज्ञप्तिमा जानकारी गराइएको छ ।
यो कदम पारस्परिक सम्मान र साझा हितमा आधारित छ । साउदी अरबको विदेश मन्त्रालयले पनि बुधबार यस्तै घोषणा गरेको छ । सन् २०१८ मा साउदी अरबले कूटनीतिक विवादपछि क्यानाडाका राजदूतलाई देश निकाला गरेपछि दुई देशबीचको विवाद बढेको थियो ।
सम्बन्धित
















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया