पत्रकार पन्थीको लेफ्ट–राइट पुस्तक जेठ तेस्रो साता बजारमा आउने

काठमाडौँ । पत्रकार नेत्र पन्थीको पुस्तक लेफ्ट–राइटः सत्ता र शक्तिको ‘अ’राजनीति जेठ तेस्रो साता बजारमा आउने भएको छ । साङ्ग्रिला बुक्सले पुस्तक प्रकाशन गरेको हो ।
लेखक पन्थीले आइतबार पुस्तकको कभर सार्वजनिक गर्दै तेस्रो साता डिजिटल विमोचनसहित पुस्तक बजारमा ल्याउने तयारी रहेको जानकारी दिएका छन् । साथै, आइतबारबाट नै पुस्तकको अग्रिम बुकिङ पनि खुला गरिएको छ ।
पत्रकार पन्थीले आफ्नो लामो पत्रकारिताको अनुभव र अध्ययनबाट तयार पारेको यस पुस्तकमा नैतिक र अनैतिकको लक्ष्मण रेखा मेटिएको नेपाली राजनीतिको अन्तरकथा खोतल्ने प्रयास गरेको जानकारी दिएका छन् ।
पुस्तकमा कहिले दायाँ र कहिले बायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको दुर्भाग्यपूर्ण कटु सत्य उजागरको प्रयास गरिएको छ ।
लेखक पन्थीका अनुसार पुस्तकमा शक्ति र सत्ताका लागि भएका नाजायज कसरत, षड्यन्त्रै–षड्यन्त्र, धोकै–धोका, अन्तर्पार्टी संघर्ष र भूराजनीतिक टकरावलाई उठान गरिएको छ । पद प्राप्तिका प्रमुख दलका शीर्ष नेताहरूले नीति, नियम, नैतिकता, मूल्य–मान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधि–विधान, संविधान र प्रावधान सबैको नजरअन्दाज गर्ने गरेका कैयौँ उदाहरण र सन्दर्भ पुस्तकमा समेटिएको छ ।
पन्थीका यसअघि डिभोर्स (२०७२), माओवादीभित्र अन्तरसंघर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तक प्रकाशित छन् ।











बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
तीन शीर्ष नेतासँग पहिलोपटक संवादमा प्रधानमन्त्री कार्की
राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया