समस्यामा होङ्सी सिमेन्ट उद्योग, ६ महिनासम्म कामदारले पाएनन् पारिश्रमिक

काठमाडौँ । ४५ वर्ष अघि(सन १९७५) चोभारमा पहिलो पटक हिमाल सिमेन्ट कारखानाबाट सुरु भएको थियो । अहिलेसम्म आउँदा नेपालमा सिमेन्टसम्बन्धी १२४ उद्योग दर्ता भएका छन् । ती मध्य ७२ प्लान्टसहित कुल दुई खर्वको लगानी र बार्षिक दुई करोड टन उत्पादन क्षमता भएका छन् । सरकारी तथ्यांक अनुसार नेपाल स्वदेशमै उत्पादन भएका सिमेन्टमा आत्मनिर्भर भएको सरकारका तथ्यांकले उल्लेख गरेका छन् ।
सिमेन्टका ठूला २१ उद्योगले मात्र देशको ४६ स्थानबाट १२ लाख टन चुन ढुङगा उत्खनन गर्दछन् । एक सर्वेक्षणका अनुसार नेपालमा १०० वर्षलाई पुग्ने चुनढुङ्गा खानी छन् ।
नेपालको प्रतिव्यक्ति सिमेन्ट उपभोग दर ३०३ किलो छ । भारतको १९५ किलो, चिनको १७१६ किलो, भुटानको ७३४ किलो छ । जस अनुसार सन २०२५ सम्ममा नेपालको आन्तरिक माग २.५८ करोड टन पुग्ने अनुमान छ । गत आठ वर्षमा १५० अर्वको कारोबार भएको सिमेन्ट उद्योगले जम्मा २.८४ अर्व मात्र राजश्वमा सहयोग गरेका छन् ।
तर, सिमेन्ट उद्योगहरूले प्राकृतिक श्रोतको अत्याधिक दोहन, बस्ती विस्थापन, कामदार तथा स्थानीयको सुरक्षा साथै माटो, वायु र जल प्रदुषणलगायतले समस्या निम्त्याएका छन् । चुरेका कमजोर पहाडहरू उत्खननका कारण भुक्षय बढेको छ भने सन् २०२१ मा नेपाल राष्ट्र वैकले गरेको सर्वेक्षणमा ९२ प्रतिशत स्थानीय समुदाय सिमेन्ट उद्योगका कारण जल, वायु, माटो र ध्वनी प्रदुषण अत्याधिक मात्रामा बढेका कारण जीवनयापनमा ठूलो संकट खेपिरहेका छन् ।

यसले नेपालले सन २०५० सम्मा कार्वन उत्सर्जन सुन्य बनाउने भनि गरेको प्रतिवद्धताविपरीत कार्वन फुटप्रिन्टलाई बढावा दिएको छ । एकातिर अत्याधिक बातावरणीय क्षति पु¥याएका सिमेन्ट उद्योगले अर्कोतर्फ अत्यन्तै न्युन रोयल्टी तिर्छन् ।
नेपालमा एक टन चुनढुङ्गाको ६० रुपैयाँ रोयल्टी पर्दछ । भरतमा १४० रुपैयाँ छ । भारतमा प्रति बोरा सिमेन्ट नरुमा ४५०, चिनमा ३५०, बंगलादेशमा ३००, पाकिस्तानमा ३५० र नेपालमा ७५० पर्छ ।
नेपालमा सस्तो कर तथा उच्च नाफा हुने भएको भन्दै अहिले चीनका दुई ठूला कम्पनीहरू होङ्सी र ह्वासिनले लगानी गरेका छन् । सन २०१५ मा स्थापित हाङ्सी सिमेन्टले ३५० मिलियन डलर लगानी गरेको छ । गोलम्यान स्याकको २५ प्रतिशत स्वामित्व रहेको होङ्सी सिमेन्ट (हङ्कङ रेडरायन सिमेन्ट)ले नेपाल बाहेक चीन र लावसमा पनि लगानी छ । २० लाख टन क्लिंकर र २३ लाख टन सिमेन्ट उत्पादनको बार्षिक क्षमता भयको यस उद्योगले नवलपरासीको बेनी मनिपुर गाँउपालिका सर्दिमा उद्योग स्थापना गरेको छ । सन् २०२२ मा कुल १७ अर्ब ४ करोड र सन २०२१ मा १७ अर्ब ४५ करोड आम्दानी गरेको कम्पनीको क्लिंकर व्यापारको ४७ प्रतिशत र सिमेन्टको ५३ प्रतिशत हिस्सा छ । कुल सिमेन्ट उद्योग मध्ये २० वटा उद्योगले क्लिंकर उत्पादन गर्दछ जस मध्ये सिमेन्ट र क्लिंकरको सबै भन्दा ठूलो होङ्सी सिमेन्ट हो ।
नेपालमा सिवम सिमेन्ट र यसका प्रमोटरहरू विश्वनाथ गोयल र विजय दुगडसंग मिलेर स्थापना भएको होङ्सि सिमेन्टले हाल अम्बुजा ग्रुप अन्र्तगको दाङ सिमेन्ट पनि खरिद गरेको छ । सिभम सिमेन्टको स्थानीय शारदा ग्रुपका शिव रत्न शारदाको ३० प्रतिशत र हङ्कङ रेडलायनको ७० प्रतिशत लगानी भएको यो कम्पनीले दाङ सिमेन्ट १५ अर्वमा खरिद गरेको हो । जसमा होङ्सि सिमेन्टको ८५ प्रतिशत र सिवमको १५ प्रतिशत लगानी रहको छ ।
स्थापना भएको दुई वर्षपछि सन् २०१७ मात्र प्रारम्भिक वातावरणिय मुल्याङ्कन स्विकृत लिएपछि विवादमुक्त रहन भने सकेको छैन । होङ्सी सिमेन्टमा कामदारको मृत्यु देखी दाङ र पाल्पाका स्थानिय समुदायले वातावरण प्रदुषित भएकोमा व्यापक विरोध प्रदर्शनी, मकवानपुरका स्थानियहरूले सिभम विरुद्ध गरेको प्रर्दशनी तथा ट्रकमा भएको संकास्पद
आगलागी आदिले अन्य तथ्यहरू पनि बाहिर ल्याएको छ । नियमनकारी नेपाल गुणस्तर तथा नापतौल विभागले आवश्यक भन्दा ज्यादा ५ प्रतिशत म्याग्नेसियम अक्साइड प्रयोग गरेर गुण्स्तरमा खेलवाड गरेको दावा सहित कारवाहीको प्रकृया अगाडी बढाएको छ ।
दैनिक ६ हजार मेट्रिकटन उत्पादन गरिरहेको र १२ हजार मेट्रिकटन उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । तर, विवादमुक्त हुन भने सकिरहेको छैन । आफ्नै सेयरधनी सिवम सिमेन्ट समूहले वैठक बहिस्कारसमेत गरेको छ । लगानीकर्ताहरूे चिनियाँ पक्षको एकपक्षीय र मनोमानी निर्णयका कारण संचालक समितिमा आउन छाडेका हुन् । कम्पनीले मुल्य बढाउनु पर्ने समयमा घटाएर विक्रि गरेका कारण कर्मचारीहरूलाई तलब दिन सकि रहेको छैन ।
होङ्सीले कम्पनीमा कार्यरत कर्मचारीहरूलाई विगत ६ महिनादेखि पारिश्रमिक उपलब्ध उपलब्ध नगराएको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन् । ट्रकका डाइभरहरूलाई पनि तलब भुक्तानी नगरेको त्यति समय भएको छ । पारिश्रमिक नपाएपछि अहिले कर्मचारीहरू आन्दलनमा उत्रिएका छन् ।
कम्पनीमा ५१९ कर्मचारीमध्ये उच्च पदका ११८ जना चिनिया मुलका छन् । ४०१ जना मात्रै नेपाली मूलका कर्मचारी छन् । तयसमा पनि प्रमुख तहमा सबै चिनियाँ मुलका कर्मचारी रहेका छन् ।
स्थापनाको समयमा उद्योग तथा खानी वरपरको वातावरणिक स्वास्थ्यमा प्रतिकुल हुन नदिने, स्वास्थ्य, कृर्षि क्षेत्र तथा पर्यटन लगायतका क्षेत्रह?मा आवश्यक लगानी गरि सुविधा दिने लगायतको विषयमा सहमती भएको थियो । अहिले त्यसप्रति उद्योगले कुनै सरोकार नराख्दा प्रदुषणको मात्रा अत्याधिक रूपमा बढेको भन्दै स्थानीयहरू विरोध गरिरहेका छन । खानी भएको स्थानबाट विस्थापितहरूलाई उचित व्यवस्थापन गर्न नसकेको भन्दै विरोध भइरहेको छ ।
होङ्सी सिवम सिमेन्ट कम्पनीले पाँच बैकहरूबाट १४०.५ मिलियन डलर ऋण लिएको छ । एनएमवी बैकको नेतृत्वमा नेपाल इन्भेस्टमेन्ट बैक, प्रभु वैक, एभ्रेष्ट वैक र एसविआइ वैकको लगानी कम्पनीमा छ । अहिले कम्पनी संकट आएसंगै आफ्नो लगानी कसरी सुरक्षा गर्ने भन्ने विषयमा बैंकहरूले दबाब दिइरहेका छन् ।
नेपालमा चलेका सिमेन्ट उद्योगहरूमध्य १२÷१३ सिमेन्ट उद्योगहरूले क्लिंकर उत्पादन गर्छन् । उनीहरूको क्लिंकर क्षमता ३ हजार टन हो । भारतबाट ल्याउने क्लिंकरको ढुवानी भाडा मात्रै नेपाली उद्योगह–बाट लिएको मुल्य भन्दा एक हजार बढी पर्ने सम्बन्धीत व्यक्तिहरू बताउँछन् ।
होङ्सी सिमेन्ट नेपालको सबै भन्दा ठूलो क्लिंकर उत्पादक हो । होङ्सीले नेपालका २९ सिमेन्ट उद्योगहरूलाई क्लिंकर विक्रि गर्दछ । तर पछिल्लो समय क्लिंकर आपुर्तिका लागी कन्भेयर वेल्ट निर्माणमा उद्योगलाई समस्या हुँदा होङ्सीमा निर्भर अन्य सिमेन्ट उद्योगलाई पनि समस्या पर्ने देखिन्छ ।

















नयाँ वर्ष २०८३ को अवसरमा सामसङले ल्यायाे २४ महिनासम्मको एक्स्टेन्डेड इएमआइ योजना
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको सङ्केत
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली
ठगीको अभियोगमा एक जना पक्राउ
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया