एआईजी ज्ञवाली र नक्कली शरणार्थी प्रकरणका भण्डारीबीच भेट, बयान फेर्न दबाब दिएको आशंका

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम लाल ज्ञवाली र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सानु भण्डारीबीच भेट गरेको खुलासा भएको छ । उनीहरूबीच सोमबार दिउँसाे २ बजे भेट भएको हो ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ गरिएकाहरूलाई अनुसन्धान सकेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाइसकेको छ । सरकारी वकिलको कार्यालयले पनि सानु भण्डारीसहितका आरोपितलाई विभिन्न मुद्दा माग दाबी गरेको छ ।
नक्कली शरणार्थी प्रकरणका आरोपितहरू हाल अदालती बयानका क्रममा रहेका छन् । यस्तो अवस्थामा एआईजी ज्ञवाली र आरोपित भण्डारीबीचको भेटलाई सन्देहपूर्ण मानिएको छ ।
अदालती बयानमा सहभागी हुन बाँकी रहेका आरोपित भण्डारीलाई आफ्नो कार्यालयमा बोलाएर एआईजी ज्ञवालीले बयान फेर्न दबाब दिएको आरोप लागेको छ ।
‘अदालती बयानका क्रममा रहेका भण्डारीलाई प्रहरीले आफ्नो कार्यालयमा बोलाउनुलाई सन्देहपूर्ण मानिन्छ, अदालत पुगिसकेका आरोपितलाई अनुसन्धान अधिकृतले पनि थप बयान लिन वा भेटघाट गर्न मिल्दैन,’ प्रहरीका एक उच्च अधिकारीले भने, ‘तर, ज्ञवालीले भण्डारीसँग भेटेका छन्, यस भेटलाई सामान्य मान्न सकिन्न ।’
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया