सेभियाले उचाल्यो युरोपा लिगको उपाधी

काठमाडौं । स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधी जितेको छ । इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै सेभियाले उपाधी हात पारेको हो ।
बुधबार राति पुस्कास एरिना बुढापेस्ट, हंगेरीमा भएको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा लगिएको थियो ।
ट्राइबेकरमा बाजी मार्दै सेभिया सातौं पटक युरोपा लिगको च्याम्पियन बन्न सफल भएको हो । यसअघि सन २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा च्याम्पियन बनेको थियो ।
खेलको ३५औं मिनेटमा पाउलो डिबालाको गोल गरे पछि रोमाले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि कतैवाट गोल हुन नसके पछि पहिलो हाफमा खेल १–० अन्तरमा रहन पुग्यो ।
उता, दोस्रो हाफको ५५ औं मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १–१ को अवस्थामा आयो । तर, इन्जुरी समयमा थप गरिएको समयमा दुवैपक्षवाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा जान बाध्य भयो ।
निकै प्रतिस्पर्धात्मक खेल निर्धारित समयको खेल १–१ को गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरमा पुगेको खेलमा सेभियाका लुकास ओकम्पास, एरिक लमेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलसहित सबै खेलाडी गोल गर्न सफल भए भने रोमाका जियान लुका मान्सिनी र रोजर इवानेजले गोल गर्न चुके पछि सेभियालाई लिग च्याम्पियन बन्ने अवसर खुल्यो ।
सेभिया सातपटक फाइनल पुग्दा सबै सात संस्करणमा नै च्याम्पियन बन्न सफल भएको छ ।









नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया