नक्कली भुटानी शरणार्थी प्रकरण
टोपबहादुरको तर्फबाट दुई पूर्वमहान्यायाधीवक्तासहित ५ वरिष्ठ अधिवक्ताले बहस गर्ने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्ररकणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री, प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीका तर्फबाट दुई पूर्वमहान्यायाधीवक्तासहित ५ वरिष्ठ अधिवक्ताले बहस गर्न लागेका हुन् ।
आइतबारबाट आरोपीतहरुलाई छाड्ने वा थुनामा पठाउने भन्नेबारे थुनछेक बहसमा रायमाझीको तर्फबाट पूर्वउप–प्रधानमन्त्री पूर्वमहान्यायाधीवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता सुशिल पन्त र रमेश बडालसहितका कानून व्यवसायीले बहस गर्न लागेका हुन् । पन्त र बडालले रायमाझीको तर्फबाट बहस गर्नेगरी वकालतनामा बुझाएको जनाएका छन् ।
त्यस्तै रायमाझीका तर्फबाट अन्नय वरिष्ठ अधिवक्ताहरु रामचन्द्र सुवेदी, परशुराम कोइराला र ज्ञानेश्वर पराजुलीले बहस गर्ने तय भएको छ ।
त्यस्तै अधिवक्ताहरू धर्मराज रेग्मी, करुणाकर मल्लीक र आकृति रायमाझीले पनि रायमाझीकोको तर्फबाट बहस गर्दैछन् । बिहीबार रायमाझीको बयान पूरा भएको छ ।















महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा
Over 10,000 foreign tourists visit Mustang in January
निर्वाचनमा तालमेलबारे एमाले उपाध्यक्ष गुरुङ – कतिपय स्थानमा हुन सक्छ
ट्रम्पले गरे हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया