करिनाकाे बाथरुममा सलमानको पोस्टर !

मुम्बई। अभिनेता सलमान खानको फिल्म ‘मैने प्यार किया’ जब रिलिज भयो, उनी रातारात स्टार बने ।
फिल्मको सफलताले उनलाई ठूलो स्टार बनाइदियो । त्यो समयमा करीना कपूर सलमानको लोकप्रियता देखेर फिदा भइन् । रोचक कुरा त के भने उनले सलमानको पोस्टर बाथरुममा नै राखिन् ।
तर, केही समयपछि उनले त्यो पोस्टर हटाइन् । कारण बने, अभिनेता राहुल रोय किनकी केही समयपछि अभिनेता राहुल फिल्म ‘आशिकी’बाट स्टार भएका थिए ।
सलमानले आफ्नो करियरमा करिनाकी दिदी करिश्मा कपूर र करिना दुवैसँग सहकार्य गरेका छन् । सलमानले करिश्माका साथ ‘जुडुवा’, ‘अन्दाज अपना अपना’ र ‘जीत’ जस्ता फिल्ममा काम गरेका थिए । त्यही समयमा करिना स्कुलमा पढिरहेकी थिइन् ।
सलमानले ‘दशका दम’मा करिनासँग जोडिएको यो रोचक किस्सा सुनाएका थिए । ‘त्यो समय करिश्मा र म ‘निश्चय’को सुटिङ गरिरहेका थियौं । करिश्माले मलाई बेबो (करिना)ले आफ्नो बाथरुममा मेरो पोस्टर लगाएको सुनाइन् । तर त्यसपछि ‘आशिकी’ रिलिज भएपछि उनले मेरो पोस्टर हटाएर राहुल रोयको पोस्टर लगाइन् ।
करिनाले स्वयं आएर मलाई बाथरुममा मेरो पोस्टर नभएको र उक्त स्थानमा राहुल रोयको पोस्टर राखेको सुनाइन्’, सलमानले भनेका छन् । ‘दशका दम’मा त्यो बेला करिश्मा र करीना दुवै थिए । सलमानको कुरा सुनेर करीना हाँसेकी थिइन् । करिनाले सलमानका साथ ‘बडीगार्ड, ‘बजरंगी भाइजान’ र ‘मे और मिसेज खन्ना’ जस्ता फिल्ममा अभिनय गरेकी छन् ।









जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया