मंगलबार, माघ २०, २०८२

शरणार्थी प्रकरणमा पक्राउ गरेका खाण, रिजाल र महर्जन बयान सुरु

मेरोन्यूज २०८० जेठ १९ गते ११:५३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतको न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर निवासी हरिभक्त महर्जनको बयान सुरु भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएकोमा १८ जना पक्राउ परेका छन् भने बाँकी १२ जना फरार छन् ।

पक्राउ परेकामध्ये खाण, रिजाल र महर्जनसँगमात्र बयान लिन बाँकी छ । अन्य १५ प्रतिवादीसँग बयान लिइसकिएको छ ।

प्रतिक्रिया