निकै कञ्जुस छिन् सारा अली खान

मुम्बई। अभिनेत्री सारा अली खान हालका दिनमा फिल्म ‘जरा हटके जरा बचके’का कारण चर्चामा छिन् ।
यो फिल्म शुक्रबारबाट रिलिज भइसकेको छ । फ्यानले फिल्म मनपराइरहेका छन् ।
यही बीचमा साराले एक अन्तरवार्तामा आफू निजी जीवनमा निकै कन्जुस रहेको खुलासा गरेकी छन् । हालै सारा ‘आइफा २०२३’ सहभागी हुन अबुधाबी पुगेकी थिइन् ।
जहाँ उनले मिडियासँग आफ्नो निजी जीवनका बारेमा खुलेर कुराकानी गरेकी थिइन् । ‘म वास्तविक जीवनमा निकै कन्जुस छु । जब म अधुधाबी आएँ, मलाई निर्माता दिनेश विजाको एक भ्वाइस सन्देश आयो । जसमा उनले यहाँ रोमिङ मात्र ४०० रुपैंयाँमा आउने बताउँदै यसलाई लिन भनेका थिए । त्यसपछि रोमिङको शुल्क कति भनेर सोध्दा १० दिनको ३००० रुपैंयाँ थाहा पाएँ । मैले यहाँ एक दिनका लागि मात्र आएको भएर आफ्नो हेयर ड्रेसरको हटस्पटले काम चलाएँ’, उनले भनेकी छन् ।
यसअघि विक्की कौशलले एक प्रमोसन इभेन्टमा साराको विषयलाइ लिएर खुलासा गरेका थिए । उनका अनुसार साराले तौलिया किन्नका लागि निकै गाली खाएकी थिइन् । किनकी त्यो तौलियाको मूलय १६ सय रुपैंयाँ थियो । त्यस्तो तौलिया भेनिटी भेनमा दुई तीनवटा निशुल्क प्रयोग गर्न पाइन्थ्यो ।


















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान:कस्तो रहला आज देशभरको मौसम ?
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया