सहकारीबाट बचत फिर्ता माग्दै आन्दोलन

काठमाडौँ । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
सहकारीबाट ठगिएका पीडित एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनु पर्ने माग राख्दै शनिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
सहकारी बचतकर्ता पीडितले सहकारीले खाएर भागेको बचत फिर्ताका लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दा बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताए ।
संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको बचत फिर्ताका लागि राज्यका सबै निकायहरु धाउँदा कतै सुनुवाई नहुँदा संयुक्त रुपमा पीडितहरू सडक आन्दोलनमा आएको बताइन् ।
उनले सरकारसँग सहकारी पीडितको माग सहकारीलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनु पर्ने र सहकारीले बनाउने निजी ऐन बन्द गर्नु पर्ने रहेको बताएकी थिइन् ।
पीडितहरुले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर, बचतकर्ता रकम अविलम्व फिर्ता गर, आमा नागरिकको बचत फिर्ता गर, सहकारी सञ्चालकको सम्पती तत्काल रोका गर, सहकारीहरुलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर, सम्पूर्ण ठग सहकारीहरुलाई कारबाही गरसहित नारा लगाएर प्रदर्शन गरेका थिए ।
















सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
किएभमाथि पुनः रुसी आक्रमण
निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
जुम्लाका ५२ मतदानस्थलअति संवेदनशील
WB approves $95 million to expand access to finance for over 100,000 SMEs
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया