श्रीलंकामा पर्यटनबाट हुने आय दुई सय प्रतिशतले बढ्यो

काठमाडौँ । श्रीलंकाको पर्यटन क्षेत्रको आयमा गत मे महिनामा दुई सय प्रतिशतको उल्लेखनीय वृद्धि भई १३ करोड १५ लाख अमेरिकी डलर पुगेको श्रीलंकाको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।
श्रीलंका पर्यटन विकास प्राधिकरण (एसएलटीडीए)का अध्यक्ष प्रियन्था फर्नान्डोले शनिबार सञ्चारकर्मीसँग भने, “मे महिना पर्यटक आगमनका लागि खासै महत्वपूर्ण नमानिए पनि यो उल्लेखनीय वृद्धि भएको हो ।
सन् २०२२ को मे महिनामा पर्यटनबाट चार करोड ३५ लाख अमेरिकी डलर आम्दानी गरिएको तथ्यांकले देखाएको छ । सन् २०२३ को पहिलो पाँच महिनामा कूल ८२ करोड ७८ लाख अमेरिकी डलर पर्यटन आय भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३०.४ प्रतिशतले बढी हो ।
श्रीलंकामा यस वर्षको पहिलो पाँच महिनामा पाँच लाख २४ हजार ४८६ विदेशी पर्यटक भित्रिएको तथ्यांकले देखाएको छ । श्रीलंकाको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने मुलुकमध्येको एक पर्यटन क्षेत्र कोभिड १९ को महामारी र दक्षिण एशियाली मुलुकमा आर्थिक तथा राजनीतिक संकटका कारण धराशायी भएको छ ।









सिकारीको बन्दुक पड्किँदा…
महबाटै करोडको कारोबार गर्छन् विनोद हमाल
राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया