सोमबार, मंसिर २९, २०८२

आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

मेरोन्यूज २०८२ मंसिर २९ गते ७:१८

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज मङ्सिर २९ गते सोमबार बस्न लागेकाे छ ।

पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको उक्त बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशानुसार अनुरोध गरेको छ ।

प्रतिक्रिया