नक्कली शरणार्थी प्रकरण : थुनछेक बहसमा जेठ ३१ गते आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (आइतबार) देखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । थुनचेक बहसका लागि अहिलेसम्म पक्राउ परेका पूर्व उपपप्रधानमन्त्री टोपवहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व सचिव टेकनारायण पाण्डे लगायतका १८ जनालाई नै काठमार्डौं जिल्ला अदालत ल्याइएको छ ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि थुनछेक बहस हुँदै छ। प्रतिवादीका तर्फबाट अधिवक्ता धेरैलेब हसमा भाग लिने र समय धेरै लिन सक्ने देखेपछि न्यायाधीस न्यौपानेले समय तालिका तोकेका छन् ।
जसअनुसार, तीन दिन सरकारी वकिल, त्यसपछि प्रतिवादीका तर्फबाट वहसमा भाग लिने वकिलहरुलाई ६ दिन र त्यसको भोलिपल्ट सरकारी वकिललाई प्रतिजवाफी बहसका लागि समिय तोकेर मात्र थुनचेक बहसको आदेश दिने गरी समय तालिका तोकेका छन् ।
त्यसो हुादा आगामी जेठ ३१ मा मात्र आदेश आउनेछ ।
सरकारी वकिलहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्ने सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि नेउपानेले जानकारी दिए।
पीडितका तर्फबाट बहस गर्न भने अहिलेसम्म एकजना वकिल पनि सम्पर्कमा नआएको उनले बताए।
















HoR elections: Nepal-India border closed for 72 hours since last midnight
कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
Two days left to go for HoR polls: EC directs monitoring officers to implement code of conducts
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
प्रतिक्रिया