बिहीबार, चैत १९, २०८२

सिद्धार्थ बैंकद्वारा विश्व वातावरण दिवसमा विभिन्न कार्यक्रमको आयोजना

मेरोन्यूज २०८० जेठ २३ गते १२:२५

काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

दिवसको अवसरमा विभिन्न स्थानहरुमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम, कर्मचारीबीच टिकटक प्रतियोगिता, पूनप्रयोग गर्न सकिने कटन ब्याग वितरण र नो प्रिन्ट डे जस्ता कार्यक्रमहरु आयोजना गरेको बैंकले जनाएको छ । यी कार्यक्रमहरुमा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको बैंकले जनाएको छ ।


बैंकले वृक्षारोपण तथा सरसफाई कार्यक्रम अन्तर्गत देशका सातै प्रदेशमा कुल ५८१ वटा बोटबिरुवाहरु रोप्नुका साथै विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाई कार्यक्रम समेत आयोजना गरेको थियो । यस्ता कार्यकहरुले वातावरणको संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास बैकले लिएको बताएको छ ।


बैंकले वातावरण संरक्षणका निम्ति “से नो टु प्लास्टिक” नारालाई अवलम्वन गर्दै बैंकको आधिकारिक टिकटक पेजमा “बिट प्लास्टिक पोलुसन” विषय राखी समाजमा वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाउन कर्मचारीबीच टिकटक प्रतियोगिता सम्पन्न गरको थियो ।

त्यस्तै यहि नारालाई सार्थक बनाउने उद्देश्यका साथै बैंकले पुनस्प्रयोग गर्न सकिने कटन ब्याग पनि आफ्ना शाखाहरु मार्फत वितरण गरेको थियो । साथै वातावरण संरक्षणलाई थप टेवा पु¥याउन बैंकले सो दिनलाई “नो प्रिन्ट डे” पनि घोषणा गरेको थियो ।


सिद्धार्थ बैंक लिमिटेडले देशैभरी फैलिएको आफ्ना १९५ वटा शाखा, २२० वटा एटिएम र ५ वटा एक्स्टेन्सन् काउन्टरबाट ग्राहकलाइ आधुनिक बैंकिङ्ख सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने जनाएको छ ।

प्रतिक्रिया