बिहीबार, चैत १९, २०८२

करका दर हेरफेर गरिएको छ कि छैन : स्वर्णिम वाग्ले

मेरोन्यूज २०८० जेठ २३ गते १४:२५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताबारे अर्थमन्त्रीले जवाफ दिनु पर्ने बताएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार संसद बैठकमा विशेष समय लिएर बोल्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले अनाधिकृत व्यक्तिको सहभागिताबारे आएको समाचारले झस्काएको बताउँदै अर्थमन्त्रीले जवाफ दिनु पर्ने बताएका हुन् ।र

सांसद वाग्लेले यो वर्ष षड्यन्त्रमूलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ? भन्दै प्रश्न गरे ।

यस्तै, एचएस कोडको विज्ञ भनेर संलग्न गराइएको व्यक्तिलाई विधि र प्रकृया पुर्याएर सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन ? र तीन करोड जनसंख्या भएको देशमा ३०/३० वर्षसम्म एचएस कोडका दरहरू पाइप गर्न सक्ने जनशक्तिको आकार एक जना वा दुई जना मात्र हुन् ? भन्ने प्रश्न गरेका थिए ।

प्रतिक्रिया