बुधबार, माघ २१, २०८२

सुनकोशीमा फेला परेका दुई शवको सनाखत

मेरोन्यूज २०८० जेठ २३ गते २०:३७

काठमाडौँ । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का दुई जना अधिकारीको सनाखत भएको छ ।

सनाखत भएका शवहरूमा प्रशासन महाशाखा निर्देशक सहसचिव वर्ष ५७ का कृष्ण बहादुर केसी र विद्युत प्रशिक्षक वर्ष ३२ का भानु पौडेल रहेका छन् ।

घटनाको पाँचौँ दिन सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टर सुवाश थापाको कमाण्डको गोताखोरले आज सुनकोशीबाट गाडीसहित दुई जनाको शव निकालेको थियो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिप दुर्घटनामा पूर्वी नवलपरासीको प्रगति ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । चालक कृष्ण चौधरी घाइते अवस्थामा पौडिएर निस्किएका थिए ।

प्रतिक्रिया