प्रियंका चोपडा र जुनियर एनटिआर एकसाथ काम गर्दै

मुम्बई। फिल्म ‘आरआरआर’को अन्तर्राष्ट्रिय सफलतापछि अभिनेता जुनियर एनटिआरका हातमा धेरै फिल्म छन् । अहिले एनटिआर फिल्म ‘देवारा’को सुटिङमा व्यस्त छन् । जहाँ उनको अपोजिटमा बलिउड अभिनेत्री जान्हवी कपूर छिन् । फिल्ममा अभिनेता सैफ अली खान खलपात्रको रुपमा देखिँदैछन् । उनको यो तेलुगू डेब्यू हो ।
जुनियर एनटिआर चाँडै नै फिल्म ‘केजीएफ’ सिरिजका निर्देशक प्रशान्त निलको फिल्ममा देखिँदैछन् । एक्सन फ्लेभरको फिल्मको कथा भारत र पाकिस्तानको युद्धको पृष्ठभूमिमा आधारित हुनेछ ।
फिल्ममा बलिउड अभिनेत्री प्रियंका चोपडा जोनास जुनियर एनटिआरको अपोजिटमा हुनेछिन् । फिल्मका लागि दीपिका पादुकोण र म्रुनल ठाकुरको चर्चा चले पनि प्रियंका फाइनल भएकी हुन् ।
जुनियर एनटिआर अभिनेता ऋतिक रोशनका साथ ‘वार २’मा देखिँदैछन् । फिल्ममा अयान मुखर्जीको निर्देशन रहनेछ । फिल्ममा जुनियर भिलेनका रुपमा देखिँदैछन् ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया