प्रियंका चोपडा र जुनियर एनटिआर एकसाथ काम गर्दै

मुम्बई। फिल्म ‘आरआरआर’को अन्तर्राष्ट्रिय सफलतापछि अभिनेता जुनियर एनटिआरका हातमा धेरै फिल्म छन् । अहिले एनटिआर फिल्म ‘देवारा’को सुटिङमा व्यस्त छन् । जहाँ उनको अपोजिटमा बलिउड अभिनेत्री जान्हवी कपूर छिन् । फिल्ममा अभिनेता सैफ अली खान खलपात्रको रुपमा देखिँदैछन् । उनको यो तेलुगू डेब्यू हो ।
जुनियर एनटिआर चाँडै नै फिल्म ‘केजीएफ’ सिरिजका निर्देशक प्रशान्त निलको फिल्ममा देखिँदैछन् । एक्सन फ्लेभरको फिल्मको कथा भारत र पाकिस्तानको युद्धको पृष्ठभूमिमा आधारित हुनेछ ।
फिल्ममा बलिउड अभिनेत्री प्रियंका चोपडा जोनास जुनियर एनटिआरको अपोजिटमा हुनेछिन् । फिल्मका लागि दीपिका पादुकोण र म्रुनल ठाकुरको चर्चा चले पनि प्रियंका फाइनल भएकी हुन् ।
जुनियर एनटिआर अभिनेता ऋतिक रोशनका साथ ‘वार २’मा देखिँदैछन् । फिल्ममा अयान मुखर्जीको निर्देशन रहनेछ । फिल्ममा जुनियर भिलेनका रुपमा देखिँदैछन् ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया