पल र सनिशाको उत्कृस्ट अभिनय रहेको विष्णु खत्रीको ‘लुम्बिनी’ सार्वजनिक

काठमाडौं । चर्चित गायक तथा संगीतकार विष्णु खत्रीले आफ्नो नयाँ साङ्गितिक प्रस्तुति लिएर पुनः दर्शकमाझ आएका छन् । ‘लुम्बिनी’ शीर्षकको एल्बम खत्रीले सोमबार सार्वजनिक गरेका हुने् । उक्त एल्बममा शब्द, सङ्गीत र आवाज उनैको रहेको छ भने महिला गायिकामा अन्नु चौधरी रहेकी छन् ।
एल्बममा नायक पल शाह र सनिशा भट्टराईको जोडीको उत्कृस्ट अभिनय रहेको छ । उक्त जोडीलाई दर्शकले अत्यन्तै रुचाइरहेका छन् । काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफीमा उक्त जोडीलाई पुनः दर्शकमाझ ल्याउने काम खत्रीले गरेका छन् ।
विष्णु खत्री नामक युट्यूब च्यानलमा सार्वजनिक गरिएको उक्त गीतले दर्शकको माया पाइरहेको छ । उक्त गीत युट्यूब च्यानलमा सार्वजनिक गरिएको दुई दिनमै चार लाखले उक्त हेरिसकेका छन् । उक्त गितले करोड क्लब नाघ्ने आंकलन गरिएको छ ।
उक्त गीतलाई आफ्ना पुराना गीतहरु जस्तै धेरै माया गरिदिन आफ्ना शुभचिन्तक, आफन्तजन सम्पूर्ण दर्शकहरुमा गायक खत्रीले अनुरोध गरेका छन् । खत्रीले आफ्नो नयाँ गीत अत्यन्तै राम्रो बनेको जनाउँदै गीतलाई उत्कृस्ट बनाउन अथाह मिहेनत गरेको बताए । आफ्ना अघिल्ला एल्बमजस्तै युटुबको ट्रेन्डिङ नम्बर १ देखि करोड कल्ब माथिसम्म पुर्याउन दर्शक स्रोताले दिएको अपार माया प्रति आभार र कृतज्ञता प्रकट गर्दै खत्रीले यो गीतलाई पनि मन पराएर करोड क्लबमा प्रवेश गराउन सबैलाई अनुरोध गरेका छन् ।
विगत २५ वर्षदेखी लोकदोहोरीको क्षेत्रमा कृयाशिल खत्रीको प्राय सबै सिर्जनाहरु संदेशमुलक हुने गरेका छन् । उनको सबै एल्बम नेपाली स्रोताहरूले मन पराउने गरेका छन् ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया