तोलामा १ हजारले घट्यो सुनको मूल्य
मेरोन्यूज
२०८० जेठ २५ गते १२:१५

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको जनाएको छ । मूल्यसूची तय गर्दै महासंघले बुधबारको तुलनामा बिहीबार मूल्य घटेको जानकारी दिएको हो ।
यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँ तय भएको जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । महासंघले चाँदीको मूल्य घटेसँगै आज प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार यसको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया