कोशीमा एमाले नेतामाथि आक्रमण गर्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा नेताहरूमाथि आक्रमण गर्नेलाई पहिचान गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको बताएका छन् । गैर शान्तिपूर्ण र अराजक गतिविधि गरेका राज्यले कसैलाई छुट नदिने गृहमन्त्री श्रेष्ठले बर्ता ।
प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार प्रतिनिधि सभामा आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेको थियो।
एमाले सांसद योगेश भट्टराईले सरकारले एमाले नेताहरूमाथि सुरक्षा नदिए एमालेले नै सुरक्षाको व्यवस्था मिलाउने चेतावनी दिएका थिए।
वैधानिक तरिकाबाट कोशीको नाम फेरबदल गरिए एमालेलाई आपत्ति नहुने भट्टराईको भनाइ थियो।
गृहमन्त्री श्रेष्ठले प्रमुख प्रतिपक्षी दल एमाले र सभामुख देवराज घिमिरेले पनि ध्यानाकर्षण गराएपछि कोशीमा भइरहेका गतिविधिबारे आफूले सदनलाई जानकारी गराउनु उपयुक्त हुने बताए।
कोशीमा भइरहेका घटनाबारे आफूले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको गृहमन्त्री श्रेष्ठले बताए ।
बिहीबार इलाममा एमाले नेतामाथि र उदयपुरमा कोशीको उपसभामुखमाथि पहिचानवादीहरूले आक्रमण प्रयास गरेका थिए । त्यसको एमालेले संसद्मा विरोध गरेको थियो ।
‘घटनाका दोषीलाई पहिचान गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको छ,’ श्रेष्ठले भने, ‘यस्ता घटनाप्रति सरकार दुःख व्यक्त गर्दछ।’
















बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर
इरानमा सरकार विरोध प्रदर्शन जारी, प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ
मुस्ताङमा पर्यटकको आगमन दोब्बरले वृद्धि
HoR elections: Candidates accelerate election activities in Jhapa-3
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया