नक्कली शरणार्थी प्रकरण
बहसमा वकिलले भने : म भए यति धेरै धैर्य गर्न सक्दिनथेँ, जुन श्रीमानले गरिरहनु भएको छ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस भइरहेको छ । आइतबारदेखि सुरु भएको बहसमा प्रतिवादीका तर्फबाट ३८ जना कानून व्यवसायीले बहस गरिसकेका छन् ।
बहस सुरु भएसँगै सुरुका तीन दिन सरकारी वकिल कार्यालयले जाहेरवालाको तर्फबाट बहस गरेका थिए । जाहेरवालाका तर्फबाट आठ जना सरकारी वकिलसहित १४ जनाले बहस गरे ।
बुधबारदेखि प्रतिवादीका तर्फबाट बहस सुरु भएको छ । प्रतिवादीका तर्फबाट बहस गर्न ६ दिन समय तोकिएको छ । छोटो समयमा बहस सक्नु पर्ने भएकाले न्यायाधीश प्रेमप्रसाद न्यौपानेले चाँडो बहस गर्न वकिलहरूलाई आग्रह गरेका थिए ।
तर, शुक्रबारसम्म पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सानु भण्डारी, केशव दुलाल, सागर राई, टंकप्रसाद गुरुङ, इन्द्रजित राईलगायका कानून व्यवसायीले मात्रै बहस सकेका छन् ।
अब पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित प्रतिवादीका कानून व्यवसायीले बसह गर्न बाँकी रहेको छ ।
आजको बहसमा न्यायधीश न्यौपानेले रायमाझीको तर्फबाट बहस गरिरहेका वकिलहरूलाई एउटै कुरा नदोहोर्याउन आग्रह गरिरहे ।
न्यायधीश न्यौपानेले रायमाझीको तर्फबाट आज ५ बजेसम्म बहस सक्न समय दिएका थिए । ‘तपाईहरू बुझ्ने हुनुहुन्छ, मंगलबारसम्म सबै प्रतिवादीको तर्फबाट बहस सक्नु पर्ने भएकाले आफै समय मिलाएर बहस सिध्याउनुस्’, उनले आग्रह गरे ।
यसै क्रममा पूर्वउपप्रधानमन्त्री रायमाझीको तर्फबाट वरिष्ठ अधिवक्ता ज्ञानेश्वर पराजुलीले बहस गरे । उनलाई न्यायाधीशले नै बहस गर्न आग्रह गरेका थिए ।
रायमाझीका छोराको तर्फबाट बहस गर्न बसेका पराजुली न्यायधीशको आग्रहपछि फरक कुरा राख्छु भन्दै बहस थाले । उनले सुरुमा न्यायाधीशको प्रशंसामा समय खर्चिए । उनले भने, ‘म भए पनि यति धेरै धैर्य गर्न सक्दिनथेँ, जुन श्रीमानले गरिरहनु भएको छ ।’
















बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर
इरानमा सरकार विरोध प्रदर्शन जारी, प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ
मुस्ताङमा पर्यटकको आगमन दोब्बरले वृद्धि
HoR elections: Candidates accelerate election activities in Jhapa-3
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया