सोमबार, मंसिर ८, २०८२

अभिनेता मंगल ढिल्लनको निधन

मेरोन्यूज २०८० जेठ २८ गते १२:२४

काठमाडौं । बलिउडका चर्चित अभिनेता मंगल ढिल्लनको निधन भएको छ । आइतबार लुधियानाको क्यान्सर अस्पतालमा ढिल्लनको निधन भएको हो । अभिनेता यशपाल शर्माले उनको निधन भएको जानकारी दिएका हुन् ।

ढिल्लन लामो समयदेखि क्यान्सरका बिरामी थिए र पछिल्लो एक महिनादेखि लुधियानाको एक अस्पतालमा उपचार गराइरहेका थिए ।

ढिल्लन अभिनेतासँगै लेखक, निर्माता र निर्देशक पनि थिए। पञ्जाबी फिल्म उद्योगलाई बलिउडमा लैजान उनले विशेष योगदान दिएका छन् । ढिल्लनले साना गाउँका धेरै युवालाई फिल्म क्षेत्रमा ल्याएका थिए । उनको पहिलो फिल्म सन् १९८८ मा आखरी अदालत थियो।

मंगल ढिल्लनको जन्म पञ्जाबको फरीदकोट जिल्लाको वान्डर जटाना गाउँमा भएको थियो।

प्रतिक्रिया