केआरकेको आरोप– अक्षय कुमार मलाई मार्न चाहन्थे

मुम्बई । स्वघोषित फिल्म समीक्षक कमल आर खान विवादित बोलीका लागि बलिउडमा परिचित छन् । उनी प्रायः बलिउड सेलिब्रेटीहरुलाई निशाना बनाउँछन् र कहिलेकाहीँ सेलिब्रेटीका बारेमा खराब कुरा पनि बोल्छन् ।
यिनै कमल अहिले अभिनेता अक्षय कुमारका कारण पुनः चर्चामा आएका छन् । उनले आफू जेलमा रहँदा अक्षयले मार्नका लागि सुपारी दिएको आरोप लगाएका छन् । उनले अक्षयकै कारण आफू जेलमा पुगेको दाबी समेत गरेका छन् । उनले यो कुरामा सलमान खान र शाहरुख खानको कुनै सरोकार नभएको उल्लेख गरेका छन् ।
केआरके अक्षयलाई ‘क्यानेडियन कुमार’ भनेर बोलाउँछन् । उनले ट्वीटको सिरिज नै लेख्दै अक्षयका पछिल्ला १० फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न नसकेको उल्लेख गरेका छन् । ‘बलिउडमा अक्षय कुमारबाहेक सबैसँग मेरो राम्रो सम्बन्ध छ । मलाई जेलमा मार्न सुपारी दिने र पक्राउ गर्ने ऊ नै हो’, उनले ट्वीट गरेका छन् । यद्यपि कमलले अहिले ट्वीट हटाइसकेका छन् ।
अक्षयले कमलको ट्वीटमा कुनै प्रतिक्रिया दिएका छैनन् । अक्षय आफ्नो फिल्म ‘ओएमजी २’को प्रमोसनमा व्यस्त छन् । यो फिल्म आगामी अगष्ट ११ मा रिलिज हुँदैछ । यही दिन सनी देवलको फिल्म ‘गदर २’ पनि रिलिज हुँदैछ । यही मितिमा रणवीर कपूरको फिल्म ‘एनिमल’ पनि आउने चर्चा छ ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया