बिहीबार, चैत १९, २०८२

अर्थमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न- बजेटमा सांसदले दिएका सुझाव कति समेटिएको छ ?

मेरोन्यूज २०८० जेठ २८ गते १४:४४

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरुले दिएको सुझावलाई अर्थमन्त्रीले कति सम्वोधन गरेका छन् भनी प्रश्न गरेका छन् । आफ्नै पार्टीका केन्द्रीय प्रवक्ता समेत रहेका अर्थमन्त्रीलाई पौडेलले प्रतिनिधिसभाको बैठकमा आज त्यस्तो प्रश्न सोधेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले सांसदहरुले सरकारको नीति तथा कार्यक्रम र बजेटका सवालमा दिएको सुझावको सम्वोधन कति भएको छ भनी पहिले प्रष्ट पार्नुपर्ने बताएका हुन् । आगामी आथिर्क वर्षको वजेटका विषयमा धारणा राख्ने क्रममा पौडेलले त्यस्तो प्रश्न सोधिरहँदा अर्थमन्त्री डा प्रकाशशरण महत संसदमै थिए ।

पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने बताएको उल्लेख गर्दै सो विषय कसरी समावेश गर्नु हुन्छ ? भनि अर्थमन्त्री डा. प्रकाशशरण महतसँग प्रश्न सोधेका हुन् ।

पौडेलले भने, ‘केही दिन अगाडि नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भईरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रममा सन्दर्भमा उठेका विषयहरुलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नु भएको थियो । म आफ्नो बोल्ने क्रममा प्रारम्भमा नै माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु–हामीले छलफलमा उठाएका यी विषयहरुलाई तपाईले बजेटमा कसरी समावेश गर्नु हुन्छ ? यो संसदलाई स्पष्ट गराई दिनु हुन म अनुरोध गर्न चाहन्छु । वास्तवमा आज अर्थतन्त्रमा जुन खालको समस्या देखिएको छ । त्यो आज उत्पन्न भएको समस्या होइन । यो लामो व्यथितिले उत्पन्न गरेको परिणाम हो । भर्खर मात्रै पूर्वअर्थमन्त्रीजीले भन्नु भयो कि विगतको निरन्तरताले अर्थतन्त्रको संरचनागत सुधार सम्भव छैन ।’

सांसद पौडेलले मुलुकको अर्थतन्त्र कमजोर हुनुमा विगतदेखिका बेथितिहरु मुख्य कारण रहेको बताए ।

प्रतिक्रिया