बिहीबार, चैत १९, २०८२

बजेटबारे गोकर्ण बिष्टको टिप्पणी- जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन

मेरोन्यूज २०८० जेठ २८ गते १४:५५

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरुको जिल्लामा केन्द्रित भएको आरोप लगाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सरकारले प्रश्ततु गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भने जस्तै रहेको उनको टिप्पणी थियो ।

संसदमा प्रस्तुत बजेटले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने विष्टको भनाई थियो ।

विष्टले बजेट औपचारिकतामा मात्रै सिमित भएको बताए । उनले आम नागरिकको लागि सरकारले ल्याएको बजेट कागलाई बेल पाक्यो हर्ष न विष्मात झैँ भएको बताए ।

सचिव बिष्टले सरकारले ल्याएको बजेटले जनतामा कुनै उत्साह पैदा गर्न नसकेको बताए । बजेटले विद्यमान आर्थिक संकट मन्दी र वर्तमान चुनौतिलाई सम्बोधन गर्न नसक्ने भन्दै उनले अर्थतन्त्रले गति लिन नसक्ने दाबी गरे ।

उनले अर्थमन्त्री डा.प्रकाशशरण महतको जिल्ला नुवाकोट, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन जिल्ला गोरखा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन जिल्ला डडेलधुरामा देशको सम्पूर्ण स्रोत साधन प्रयोग हुनु राम्रो नभएको बताए ।

विधि मापदण्ड, विवेक र न्यायका आधारमा बजेटको सही रुपमा विनियोजन हुन नसकेको विष्टको आरोप थियो ।

सचिव बिष्टले न्याय स्थापित गर्नेगरी बजेट ल्याउन नसक्दा अर्थमन्त्री,प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको पहुँच भएका जिल्ला मात्रै बजेट जाने बताए ।

उनले सरकारले ल्याएको असमानताको बजेटबाट बाँकी जिल्लाका जनताले कसरी न्याय पाउने र विकासको आश गर्ने भन्दै प्रश्न गरे ।

सचिव विष्टले बजेटलाई सरकारले परिमार्जन गर्नुपर्ने बताए । उनले बजेट निर्माणमा कहाँ चुक्यौँ भनेर सरकारले समिक्षा गर्नुपर्ने बताए । उनले राज्यको भुमिका झनै कमजोर बनिरहेको भन्दै सरकारले मुलुकको विशेषतामा आधारित अर्थनीति अपनाउनु पर्ने अवस्था आएको बताए ।

‘सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट औपचारिकतामा मात्रै सिमित छ । केही पहुँचवाल व्यक्तिहरुको जिल्लामा पु¥याउने हिसावमा मात्रै केन्द्रित छ । आम नागरिकको लागि कागलाई बेल पाक्यो हर्ष न विष्मात भने जस्तै कुनै उत्साह पैदा गर्न सकिरहेको छैन । यो बजेटले अर्थतन्त्रमा गति ल्याउने अवस्था देखिँदैन,’’विष्टले अगाडी थपे,–‘बजेटले विद्यमान आर्थिक संकट मन्दी र चुनौतिलाई सम्बोधन गर्न सक्दैन । सरकारले ल्याएको बजेटबाट धेरै आशा गर्नु भनेको व्यर्थ मात्रै हो । जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भने जस्तै यो बजेटले समस्याको सम्बोधन गर्न सक्दैन ।’


विष्टले दैनिक जीवनमा सर्वसाधरण जनताले प्रयोग गर्ने आलु,प्याज लगायतका कृषिजन्य वस्तुमा १३ प्रतिशत कर लगाउँदा बजारमा मूल्यवृद्धि भएको बताए । उनले सरकारले आन्तरिक उत्पादनलाई बढवा दिने भनेपनि बजारमा मूल्य जनताको पहँुच भन्दा माथि पुगेको बताए ।

विष्टले सामान्य अवस्थामा रहेक जनतालाई आलु,प्याज लगायत कृषिजन्य वस्तुमा लगाएको करले चुनौति पैदा गरेको बताए । सचिव बिष्टले आगामी आर्थिक वर्षमा ११ प्रतिशतसम्म मूल्यवृद्धि पुग्ने संकेत गरेको उल्लेख गरे ।

उनले वर्तमान सरकार न्युन आय भएका गरिब जनताप्रति सम्बेदनशिल नभएको आरोप लगाए । उनले सरकारले जनताको संरक्षण र समाजिक न्यायको भुमिका निर्वाह गर्नुपर्ने भएपनि भोजन मागेका जनतालाई सरकारले महँगी दिएको बताए ।

उनले वर्तमान गठबन्धन सरकारले ल्याएको बजेट गरिवका लागि नरहेको दाबी गरे । उनले वर्तमान सरकारले ल्याएको बजेटले गरिवी जनतामा असमानता बढाएको बताए ।

प्रतिक्रिया