त्रिभुवन विमानस्थल अगाडी प्रहरीले गोली हानेर यसरी पक्राउ गरेका थिए लागु औषध कारोवारी
पक्राउ पर्ने हेमन्त कुमार भगत भारतीय नागरिक, त्रि.बि. शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिसमा उपचार हुँदैं

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एकाएक आइतबार मध्यान्ह गोली चल्यो । कडा सुरक्षा ब्यवस्था हुने विमानस्थलको गेहै अगाडी रहेको मोरङ(बेलबारी गेष्ट हाउस अगाडी गोली चलेको थियो ।
गोली चलेपछि त्यस क्षेत्रमा एकाएक सन्त्रास छाएको थियो । गोली अरु कसैले नभई प्रहरीले एक लागु औषधका कारोवारीलाई नियन्त्रणमा लिनका लागि चलाएका थिए । प्रहरीले गोली प्रहार गरेरै एक कारोवारीलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा परेका कारोवारी हुन्, भारतीय नागरिक २७ वर्षि हेमन्त कुमार भगत ।
प्रहरीका अनुसार, लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी), काठमाडौंको टोलीले एक महिना अघिदेखि भारतबाट लागूऔषध ल्याउने एउटा कारोवारी टोलीको पिछा गरिरहेको थियो । त्यही गिरोह टोलीमा थिए भारतीय नागरिक हेमन्त कुमार भगत ।
यस अगाडी नै उही समुहका दुइृ जनालाई प्रहरीले पक्राउ गरिसकेको थियो । त्यही पक्राउ परेकाहरुको सुराकका आधारमा प्रहरीले भगत पनि उक्त गिरोहमा रहेको सूचना पाएको थियो ।
प्रहरी स्रोतका अनुसार, त्यही सूचनाका आधारमा प्रहरीले भगलताई धरानबाटै पिछा गरिरहेको थियो ।
भगत सुनसरी धरानस्थित भानुचोकमा तरकारी व्यापार गरी बस्थे । उनी बाहिर आवरणमा धरानको भानुचोकमा तरकारीको ब्यापार गरेर बसेको देखिएपनि उनको लागु औषध कारोवारीहरुसँग मित्री साँठगाँठ थियो ।
उनले भारतको जोगबनी नाकाबाट डिलरका रुपमा लागूऔषध ल्याउने गरेको अनुसन्धानबाट प्रहरीले सूइको पाईसकेको थियो ।
आइतबार पनि भगत विराटनगर विमानस्थल हुँदै काठमाडौं कारोवारका लागि आउन लागेका थिए । प्रहरीले त्यहीबाट उनको पीछा गरेको थियो ।
भगतले आइतबार बिहान ८ बजे विराटनगरबाट काठमाडौं आउन हवाई टिकट काटेको सूचना प्रहरीले पाएपछि काठमाडौं विमानस्थलमा उनलाई नियन्त्रणमा लिन प्रहरीको एक टोली विमानस्थलमा गोप्य रुपमा खटिएको थियो ।
उनी विमानबाट काठमाडौं अवतरण गरे । त्यसपछि नै प्रहरीले उनको पीछा सुरु गरिसकेको थियो । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलबाट निस्किँदासम्म उनीसँग लागूऔषध थिएन ।
तर पनि प्रहरीले पीछा छोडेको थिएन । त्यही क्रममा विमानस्थलबाट निस्किएपछि उनी विमानस्थल पछाडि पीपलबोटको बायाँतर्फबाट गौशाला जाने बाटोतिर गए । त्यहाँबाट उनी काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भु मार्गस्थित मोरङ-बेलबारी गेष्ट हाउस छिरे ।
उनी गेष्ट हाउसमा छिरेपछि प्रहरी टोली पनि पछि पछि भित्र गयो । प्रहरी उच्च स्रोतका अनुसार, उनले त्यहाँ कसैलाई सामान हस्तान्तरण गर्न लागेका थिए । तर, तल्लो तलामै प्रहरीसँग उनको घम्साघम्सी भयो । प्रहरी भएको बताउँदै पक्राउ गर्न लागेको जानकारी गराउँदा उनले प्रतिकार गर्न खोजेको थिए ।
‘त्यसक्रममा उनले प्रहरीकै हतियार खोसे, खास उनीसँग साथमा हतियार पनि हुने रहेछ’, प्रहरी स्रोतका अनुसार, निज भगतले प्रहरीमाथि नै बल प्रयोग गरी धक्का मुक्का तथा आक्रमण गर्दै प्रहरी कर्मचारीको पेस्तोल खोस्ने प्रयास गरी भाग्न खोज्ने क्रममा प्रहरीले जवाफी फायर गरेर नियन्त्रणमा लिनुपरेको हो ।’
प्रहरीले उनलाई नियन्त्रणमा लिनका लागि उनको घुँडामुनि गोली प्रहरा गरेको थियो । प्रहरीले चलाएको गोली लागु औषध कारोवारी हेमन्त कुमार भगतको बायाँ खुट्टाको घुँडामुनी गोली लागेको थियो ।
गोली लागेर ढलेपछि भने उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक चक्रराज जोशीले त्यसपछि उनलाई घाइते अवस्थामा नियन्त्रणमा लिइएको जनाए ।
त्यसपछि भने उनलाई तत्काल काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि लगिएको थियो ।
त्यसपछि फेरि थप उपचारको लागि त्रि.बि. शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिस भास्कुलर ट्रिटमेन्ट सेन्टरमा उनलाई रिर्फर गरि लगिएको थियो ।
उनको अहिले उपचार भईरहेको छ । प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीको भनाईमा, उनको साथमा १०० ग्राम लागूऔषध ब्राउन सुगर थियो ।

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।















महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा
Over 10,000 foreign tourists visit Mustang in January
निर्वाचनमा तालमेलबारे एमाले उपाध्यक्ष गुरुङ – कतिपय स्थानमा हुन सक्छ
ट्रम्पले गरे हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया