नक्कली भुटानी शरणार्थी प्रकरण
इजलासमा टोपबहादुर र सन्दीपका वकिलबीच आरोप-प्रत्यारोप

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपित टोपबहादुर रायमाझी र सन्दीप रायमाझीबीच आरोप–प्रत्यारोप चलेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको थुनछेक बहसमा टोपबहादुर र सन्दीपका वकिलहरूबीच एकले अर्काको कसुरमा सजाय भोग्न नपर्ने भन्दै आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।
सन्दीप र टोपबहादुर बाबुछोरा हुन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी मुद्दाको थुनछेक बहसमा शुक्रबार टोपबहादुरका वकिलले र आइतबार सन्दीपका वकिलहरूले बहस गरेका थिए । आइतबार सन्दीपको पक्षबाट बहस गरेका वकिलहरूले यस प्रकरणका मुख्य योजनाकार सानु भण्डारी र केशव दुलालसँग सन्दीपले पैसा लिएको आरोपबारे बहस गरेका थिए ।
टोपबहादुरले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कामका लागि नीतिगत निर्णय गर्ने ठाउँका व्यक्तिहरूलाई भण्डारी र दुलालको भेट गराइदिएको र सन्दीपले त्यसबापत पैसा बुझेको आरोप छ ।
सानु भण्डारी र केशव दुलालले आफ्नो बयानमा सन्दीपलाई पैसा बुझाएको उल्लेख गरेका थिए। सन्दीपलाई पैसा दिएको हिसाब उल्लेखित सानु भण्डारीको डायरी प्रहरीले फेला पारेको थियो।
सन्दीपका वकिलहरूले भने सानु र सन्दीपको कम्पनीमा सँगै काम गरेको लेनदेन भएको जिकिर गरेका छन्।
सन्दीपका वकिल बाबुराम दाहालले सानु भण्डारीसँग एउटै कम्पनीमा काम गरेबापत उनले गरेको अपराधमा सन्दीपलाई पनि मुद्दा लाग्नु नहुने जिकिर गरे । सानुले सन्दीपलाई दिएको बयानकै आधारमा मुद्दा ल्याइएको उनको दाबी थियो । प्रहरीले
सानुले बयानमा सन्दपिलाई पैसा दिएको भनेपछि अरू कुनै प्रमाण बिना पक्राउ गरेको तथा अभियोग लगाउने कुनै अरू प्रमाण नभएको बताए ।
टोपबहादुर रायमाझीका छोरा हुँदैमा बाउँले गरेको कसुरमा छोरालाई मुद्दा लगाउने नपाइने उनको तर्क थियो । ‘टोपबहादुरको छोरा भएकै कारण मेरो पक्षलाई मुद्दा चलाइएको छ,’ उनले भने, ‘बाउले गरेको कसुरमा छोरालाई मुद्दा लगाउन पाइँदैन।’
शुक्रबार टोपबहादुरका वकिलहरूले छोराले गरेको कसुरमा बावुलाई मुद्दा लगाउन नपाइने भनेर बहस गरेका थिए।
पूर्वमहान्यायाधिवक्ता समेत रहेका रमेश बडालले सानु भण्डारीले सन्दीपलाई पैसा दिएको बयान दिँदैमा प्रहरीले टोपबहादुरलाई पक्राउ गरेको जिकिर गरेका थिए।
‘प्रहरीले मुख्य प्रमाण भनेर पेश गरेको सानु भण्डारीको डायरीमा टोपबहादुरलाई पैसा दिएको उल्लेख छैन, उनका छोरालाई दिएको भन्ने छ। छोराले कसुर गरे भन्दैमा बावुलाई मुद्दा लगाउन पाइन्न,’ उनले भनेका थिए।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया