बुधबार, माघ २१, २०८२

करिब ७ किलो चरेससहित जर्मन नागरिक पक्राउ

मेरोन्यूज २०८० जेठ २९ गते १२:४७

काठमाडौं । एक जना जर्मन नागरिक करिब ७ किलो चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै गरेका उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेको प्रहरी स्रोतले बताएको छ । प्रहरीका अनुसार रिस्टको सुट्केसबाट ६ किलो ८६० ग्राम चरेस बरामद गरिएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया