लागुऔषधसहित १५ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । काठमाडौंकाे काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट नियन्त्रित लागुऔषध नुफिन १ एम्पुल, फेनारगन १ एम्पुल, डाईजेपाम १ एम्पुल र ट्रमा २० ट्याब्लेटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलाखा घर भई काठमाडौं सिफल बस्ने २६ वर्षीय विश्व लामा र महोत्तरी बर्दीबास घर भई काठमाडौं सिनामंगल बस्ने ३२ वर्षीय राजन बोहोरा रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौंकै तारकेश्वर नगरपालिका-८ नेपालटार डाडागाउँबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७५ ट्याब्लेटसहित सोही नगरपालिका-४ पुरानोगुहेश्वरी बस्ने ३२ वर्षीय सुर्य महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
दाङकाे घोराही उपमहानगरपालिका-१५ डेरा गरी बस्ने १९ वर्षीया सुनिता ठकुरीसमेत ३ जनालाई अवैध लागुऔषध गाँजा ८ सय २५ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । सुनिताको कोठामा अवैध लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
झापाकै विर्तामोड नगरपालिका-१ भगवान चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय मिलिग्रामसहित सोही नगरपालिका-४ बस्ने ३३ वर्षीय बब्लु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-७ बस्ने २७ वर्षीय सुजन विकलाई नियन्त्रित लागुऔषध नुफिन १ सय ७८ एम्पुल, फेनारगन १ सय ७९ एम्पुल, सेरिज्याक १ सय ८४ एम्पुल र नगद ५ पाँच लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । विकको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध र नगदसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
पर्साकाे वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ट्याब्लेटसहित सोही महानगरपालिका-३० बस्ने २१ वर्षीय ओहाव हुसैन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ आउँदै गरेका उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-१० सानो सुर्खेत बस्ने ५६ वर्षीय लालबहादुर थापालाई अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएकलो प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित बर्दिया बाँसगढि नगरपालिका-७ बस्ने ३० वर्षीय मनोज विकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तुकाे बाणगंगा नगरपालिका-१ बैरिया बस्ने २९ वर्षीय अजय घिमिरेलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय १० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । घिमिरेको व्याट्री पसलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले पसल तलास गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी कपिलवस्तु, मायादेवी गाउँपालिका-३ बर्गदवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सैनामैना नगरपालिका-८ भर्सा बस्ने २५ वर्षीय आकाश चौधरी र ३१ वर्षीय बुद्धि थारू रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले पकडीबाट बर्गदवा हुँदै रूपन्देहीतर्फ जाँदै गरेको लु.४२ प ५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ कपिलवस्तु नगरपालिका-१० पचहेरा बस्ने २७ वर्षीय सुनिल कुमार लोनियाले दिएको भन्ने खुल्न आएपछि ईलाका प्रहरी कार्यालय पकडी र जिल्ला प्रहरी कार्यालय कपिवस्तुबाट खटिएको प्रहरीले सुनिल कुमार लोनियालाई उनकै घरमा फेला पारी तलासी गर्दा अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम फेला पारी उनलाईसमेत पक्राउ गरेको हो ।
















बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर
इरानमा सरकार विरोध प्रदर्शन जारी, प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ
मुस्ताङमा पर्यटकको आगमन दोब्बरले वृद्धि
HoR elections: Candidates accelerate election activities in Jhapa-3
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
प्रतिक्रिया