अवैध रुपमा विदेश लैजान लागेको अमेरिकी डलरसहित एक जना पक्राउ
मेरोन्यूज
२०८० जेठ २९ गते १७:१७

काठमाडौँ । काठमाडौँ महानगर ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर लैजान लागेको नौ हजार ४१३ अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा बिगु गाउँपालिका ७ स्थायी वतन भएका ३६ वर्षीय प्रेम नोर्बु शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट थाइल्याण्ड जान लागेका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
उनलाई बरामद विदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।
सम्बन्धित
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया