इजलासमा न्यायाधीश न्यौपानेले भने : उहाँ (खाण)बारे २४ उजुरीमध्य प्रेमराज पन्थीको पेटबोलीमा बाहेक अरुमा उल्लेख छैन, बाँकी प्रष्ट पार्नुस्

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितको अहिले जिल्ला अदालत काठमाडौँको न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ । मंगलबार आरोपित पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको पक्षका अधिवक्ताहरूले बहस गरे ।
मंगलबार खाणको तर्फबाट बहस सुरु गर्ने पंकजकुमार कर्णलाई जिल्ला न्यायाधीश न्यौपानेले भनेका थिए, ‘उहाँ (खाण)बारे यस प्रकरणमा परेका २४ उजुरीमध्य प्रेमराज पन्थीको उजुरीको पेटबोलीमा बाहेक अन्य कुनै जाहेरवालाले नाम उल्लेख छैन । यसबारे म जानकार छु । अरू प्रष्ट पार्नुहोला ।’
त्यसपछि बहस सुनेर बसेका खाणको अनुहारमा अली रौनक देखिएको थियो ।
६० दिन अनुसन्धान गरेर यस प्रकरणको अभियोजन दर्ता गर्दा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले १० जेठमा ३० जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । त्यसमा १८ जना प्रहरी हिरासतमा छन् भने १२ जना फरार छन् । प्रहरीले यस सम्बन्धमा परेका २४ उजुरीलाई आधार बनाएर अनुसन्धान अघि बढाएको थियो ।
प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री खाणबारे २४ उजरीमध्य प्रेमराज पन्थीको पेटबोलीमा बाहेक अन्य कुनै जाहेरवालाले किटानी उजुरी दिएका छैनन् ।
जाहेरवाला पन्थीको जाहेरीको पेटबोलीमा गिरोहका सदस्यले ‘गृहमन्त्री आफ्नै मान्छे हुन्’ भन्ने ब्यहोरा उल्लेख छ । तर, खाण पक्षका वकिलहरूले प्रेमराज पन्थीको जाहेरीमा बालकृष्ण खाण मन्त्री हुनुअघि नै लेनदेन भएको कुरा उल्लेख गरेका छन्, त्यसैले जाहेरीलाई आधार लिन मिल्दैन भन्ने तर्क गरेका छन् ।
भुटानी शरणार्थीको कोटामा अमेरिका लान खोज्ने गिरोहले आफूलाई ठगेको आरोप लगाएर पन्थीले दिएको जाहेरीमा खाणको नाम पेटबोली भन्दा बाहेक अन्य जाहेरवालाले खाण विरुद्ध उजुरी गरेका छैनन् ।
खाणका पक्षमा मंगलबार १० अधिवक्ताले बहस गरे । खाणका पक्षबाट पंकजकुमार कर्ण, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षद्वय प्रेमबहादुर खड्का र शेरबहादुर केसी, पूर्वमहान्यायाधीवक्ता महादेव यादव, वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल र प्रा.डा. नृसिंह केसी तथा अधिवक्ताहरू लक्ष्मी खड्का, एगराज पोखरेल, अजयशंकर झा रमणिराज उपाध्यायले बहस गरे ।
बहसका क्रममा पूर्वमहान्यायाधीवक्ता यादवले सचिव टेकनारायण पाण्डेले लेखेको र नरेन्द्र केसीबाट बरामद गरिएको भनिएको ‘कागज’को आधिकारिकताबारे प्रश्न उठाए । ‘चिट प्रहरी मेड हो कि, प्रतिवादी मेड हो ?’ यादवले भने, ‘त्यसबेला सचिव हिरासतमा छन्, हिरासतमा पत्र लेख्ने सुविधा हुँदैन।’
अर्का वरिष्ठ अधिवक्ता खड्काले आरोपित पक्राउ गरेको २२ औँ दिनपछि प्रहरी प्रतिवेदनको भरमा मुद्दा ‘सङ्गठित’मा रुपान्तरण नहुने जिकिर गरे । खाणको विश्वसनीयता सिद्ध्याउन सचिव पाण्डेलाई दोस्रो पटक बयानमा पोल्न बाध्य पारेको खड्काको जिकिर छ ।
‘सचिवलाई मेट्रो प्रहरीमा लगेर नाम पोल्न लगाइएको छ’ वरिष्ठ अधिवक्ता खड्काले भने– ‘रिसिइबी राखेर बालकृष्णको नाम पोलिएको छ, उहाँलाई थुन्न मिल्दैन ।’
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
प्रतिक्रिया