आइतबार, चैत २२, २०८२

‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ

मेरोन्यूज २०८० जेठ ३२ गते १८:१४

काठमाडौँ । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ, पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित आठ हजार मिटरमाथिका पाँच हिमाल चढ्न जाँदै छिन् ।

Advertisement
nepal life insurencenepal life insurence

पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिँदै ‘आइएमई’ र ‘आइएमई पे’ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको छ ।

विश्वका सबैभन्दा उच्च १४ वटा शिखरहरू चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृङखलाको पाँच विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोश्रो अग्लो हिमाल माउन्ट केटु पनि आरोहण गर्न लागेकी हुन् । ७५ दिन लामो सो आरोहण यात्रा जेठ ३० पश्चात् सुरु हुने छ ।

संसारको १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने तथा युवा तथा महिला सशक्तिकरण गर्ने लक्ष्यका साथ पूर्णिमाले आफ्नो यो आरोहण यात्रा सुरु गरेकी हुन् ।

फोटो पत्रकारसमेत रहेकी पूर्णिमाले ६ वर्षअघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन् । उनले नेपालमा रहेका आठ हजार मिटरमाथिका सात वटा शिखर आरोहण गरिसकेकी छन् ।

प्रतिक्रिया