भ्रूणको लिंग पहिचान गर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचान गर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालल निर्देशन जारी गर्दै भ्रूणको लिङ्ग पहिचान सम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएका हुन् ।
सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न र गराउन नहुने, यदि सो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने मन्त्रालयको परिपत्रमा उल्लेख छ ।
मन्त्रालयले परिपत्रमा भ्रूणको लिङ्ग पहिचान सम्बन्धी कुनै कार्य नगर्ने नगराउने विषय स्वास्थ्य संस्था एवं प्रयोशागाला परिसरमा टाँस्न भनेको छ ।
मन्त्रालयले राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैङ्गिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीतिमा विभेदपूर्ण लिङ्ग छनोट अन्त्य गर्न कार्यनीति लिङ्ग पहिचान गर्न नपाइने उल्लेख गरिएको छ ।
मुलुकी संहिता, २०७५ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानूनतः दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई भ्रूणको लिङ्ग पहिचान नगर्न भनिएको छ ।
















सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया