अस्ट्रेलियाली सांसदमाथि संसद्मै यौन उत्पीडन

सिड्नी । अस्ट्रेलियाकी एक महिला सांसदले आफ्नी सहकर्मीमाथि यौन उत्पीडनको गम्भीर आरोप लगाएकी छन् । सांसद लिडिया थोरपेले रुँदै संसद भवन महिलाका लागि सुरक्षित ठाउँ नभएको बताइन् ।
सिनेटको सम्बोधनमा महिला सांसदले आफ्नो कुरा रूदैँ राखेकी हुन् । महिला सांसदले अहिले संसद् भवनको कोठाबाट बाहिर निस्कँदा पनि धेरै कुरामा ख्याल गर्नुपर्ने अवस्था आएको बताइन् ।
थोरपेले बिहीबार संसदमा जानकारी दिए अनुसार उनीमाथि संसदमा केही शक्तिशाली व्यक्तिहरूले अभद्र टिप्पणी गरेका थिए । उनलाई सिँढीको छेउमा अनुपयुक्त रूपमा छुने काम गरेका थिए ।
उनका अनुसार सो कार्य कन्जरभेटिभ पार्टीका सांसद डेभिड भानले गरेका हुन् ।थोरपेका अनुसार उनलाइ सहकर्मी सांसदमाथि लगाएको आरोप फिर्ता लिन दबाब दिएको समेत बताइन् ।
तर, सांसद भानले भने थोर्पेले लगाएको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै आएका छन्। सहकर्मी सांसद थोर्पेले लगाएको यौन दुर्व्यवहारको आरोपबाट आफु स्तब्ध भएको उनको प्रतिक्रिया छ । साथै, उनले थोर्पेले लगाएका सबै आरोप झुटा भएकोसमेत सञ्चारकर्मीलाई बताएका छन् ।
यद्दपी, थोर्पेको आरोपपछि लिबरल पार्टीले डेभिड भान्कोलाई निलम्बन गरेको थियो । जानकारीका अनुसार यस विषयमा डेभिड भानलेले वकिलको पनि सहयोग लिएका छन् ।
सांसद थोर्पेले यस प्रकारको यौन दुव्यर्वहार सिकार भएका धेरै महिला सांसदहरू रहेको दाबी गरेकी छन् । ती सांसदले भनिन्, ‘मानिसहरूले मलाई लगातार पछ्याए। मलाई धेरै प्रस्तावहरू दिइयो र अनुपयुक्त रूपमा छुइयो।’ उनका अनुसार संसद बाहिर निस्कन पनि डराउनु पर्ने अवस्था देखियो ।
बाहिर निस्कनुअघि अलिकति ढोका खोल्ने र बाटो खुलेपछि मात्र बाहिर निस्कने गरेको उनले बताइन् । उनले थप भनिन, ‘धेरै पटक यस्तो अवस्था आयो कि मलाई बाहिर जानको लागि साथ दिने अब कोही चाहिन्छ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रतिक्रिया