शरणार्थी प्रकरणमा सकियो जवाफी बहस, आदेश सुनाउने तयारीमा न्यायाधीश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहसको थवाफी बहस पनि सकिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पाँचजना सरकारी वकिल र दुईजना अधिवक्ताले जवाफी बहस गरेका थिए ।
जवाफी बहस सकिएसँगै अब न्यायाधीश न्यौपानेले छुनछेक आदेश दिने तयारी गरेका छन् ।
न्यौपानेले पक्राउ परेका १८ जना अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने र साधारण तारेखमा छाड्ने के गर्नु पर्ने हो, त्यो आदेश गर्नेछन् ।
बिहीबार सरकारी वकिलहरु लक्ष्मण घिमिरे, महेश खत्री, निर्मला मरिसानी, दिनेश भट्टराई, सरकारी वकिल प्रमुख अच्युतमणि नेउपानेले जवाफी बहस गरे।
त्यसैगरी जाहेरवालाको तर्फबाट निजी वकिलहरु स्वागत नेपाल र ध्रुवलाल श्रेष्ठले पनि बहस गरे।
गत बुधबारदेखि यही बिहीबारसम्म १८ जना प्रतिवादीहरुका वकिलले प्रतिरक्षा बहस गरेका थिए । त्यसपछि सरकारी वकिलहरुले जवाफ दिएका हु्न।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया