लागूऔषध नियन्त्रण गर्न प्रहरीको ‘एक्सन टीम’ परिचालन

काभ्रे । काभ्रेको बनेपा नगरपालिका–८ बाट प्रहरीले प्रतिबन्धित खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बनेपा र लागूऔषध नियन्त्रण ब्युरो सहितको प्रहरी टोलीले खैरो हिरोइनसहित काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको १९ वर्षीया युवती र भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ का ३० वर्षीय युवकलाई पक्राउ गरेको हो ।
बिहीवार राति ८ बजे उनीहरूबाट ६५ ग्राम खैरो हिरोइन, डिजिटल तराजु १ थान, ३ लाख १९ हजार र आइफोन–११ एक थान बरामद गरिएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवैलाई शुक्रवार जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसूरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।
घटनाले काभ्रेमा ७ महिनापछि लागूऔषध कारोबारी पुनः सक्रिय भएको देखिन्छ । प्रहरीले प्रतिबन्धित औषधि कारोबार गरेको आरोपमा २०७९ कात्तिकमा बनेपा र पनौतीका ४ जनालाई पक्राउ गरेको थियो । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले लागूऔषधसहित चारै जना २२ वर्षकालाई पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट डाइजापाम एम्पुल १७ थान, बुप्रिनोफाइन एम्पुल १५ थान, फेनेगर्नन १७ थान, नुफिन एम्पुल दुई, ‘नाइट्राभेट–१०’ ७० चक्की, लाइफलाइन लेखिएको सिरिञ्ज ५ थान तथा नगद ४३ हजार बरामद गरिएको थियो । त्यसयता लागूऔषधका कुनै पनि घटना सार्वजनिक भएका थिएनन् ।
प्रहरीले पक्राउ परेका सार्वजनिक गर्दै अनुसन्धानका म्याद थप गर्दै कसुरका आधारमा अदालतमार्फत सजाय दिलाउने गरेको छ । प्रहरीले गत भदौमा पनि ‘नियन्त्रित औषधि’सहित बनेपा नगरपालिका–८ उदय मेडिकल हलका सञ्चालकलाई पक्राउ गरेको थियो । मकैले नियन्त्रित औषधि विना ‘प्रेस्क्रिप्सन’ बिक्री गरेका कारण प्रहरीले उनको मेडिकल पसलबाट ठूलो मात्रामा औषधि समेत बरामद गरेको हो ।
प्रहरीले त्यतिबेला हलबाट नियन्त्रित मानिएका ठूलो संख्यामा ट्याब्लेट बरामद गरेको थियो । बरामद गरिएका औषधि सञ्चालकले चिकित्सकीय सिफारिस विना बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको थियो । त्यसरी बिक्री गरिएका औषधि ‘लागूऔषध’को रूपमा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।
यसअघि इप्रका बनेपाले प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न ५ जनालाई २०७९ साउनमा पक्राउ गरेको थियो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेपलाञ्चोकको बनेपामा लागूऔषध कारोबारमा संलग्न भएका उनीहरुलाई वीरगञ्जबाट पक्राउ गरेको थियो । लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएकाबाट प्रहरीले ३०२ एम्पुल डाइजेपाम, ३०२ एम्पुल फेनेर्गन र ३०२ थान नोफिन गरी कूल ९०६ थान लागूऔषध बरामद गरेको थियो ।
त्यतिबेला प्रहरीको अनुसन्धानले वीरगञ्जबाट काभ्रेपलाञ्चोक अन्तर्गत समेत पर्ने बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास सडक)को प्रयोग गरी बनेपा हुँदै लागूऔषध काठमाडौं पुर्याउने र काठमाडौंबाट पुनः बनेपा ल्याई कुलतमा फसेका युवालाई बिक्री गर्ने गरेको देखाएको प्रहरीले जनायो । घटनामा प्रहरीले छोटो समयमा भारतबाट बनेपासम्म लागुऔषधको कारोबार गर्ने समूहलाई छोटो समयमा नै पक्राउ गर्न सफल भएको देखिन्छ ।
यसअघि ०७९ वैशाखमा लागुऔषध प्रयोगकर्ता ४ चालकलाई काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गका जाँचका क्रममा प्रहरीले प्रक्राउ गरेको थियो । प्रहरीले सुराककै आधारमा गत वर्षको माघमा चिकित्सकको आधिकारिक सिफारिस विना प्रतिबन्धित औषधि ९नसालु पदार्थका रूपमा सेवन गरिने० बिक्री गर्ने पनौती नगरपालिका–२ स्थित एक फार्मेसी सञ्चालकलाई पक्राउ गरेको थियो ।
उनको फार्मेसीबाट विभिन्न प्रकारका ७ हजार १३८ प्रतिबन्धित लागूऔषध ट्याब्लेट समेत बरामद गरिएको थियो ।
घटनाक्रमले सुराकको आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको देखाएको छ । बीपी राजमार्गबाट अधिकांश रुपमा लागूऔषध ओसारपसार हुने गरेको देखिएको हो । काभ्रेपलाञ्चोक लगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने जिल्लास्थित प्रहरीको रेकर्डबाट देखिन्छ ।
प्रहरीले सुराकीको आधारमा राजमार्गबाट आउने सवारी जाँच गर्दा दर्जनौं पटक प्रतिबन्धित औषधि बरामद गर्दै ओसारपसार संलग्न व्यक्तिलाई पक्रेर मुद्दा समेत चलाउने गरेको छ । प्रहरीको तथ्यांक अनुसार बितेको ५ वर्षमा लागूऔषध ओसारपसारसम्बन्धी ४० वटा मुद्दामा करीब १०० जनालाई पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये पनि अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएको प्रहरीले जनायो ।
प्रहरीको अनुसन्धानले विशेष गरी ‘टिनएजर्स्’ यसको तस्करी र प्रयोगकर्ताका रुपमा देखिएको छ । घटना विवरणअनुसार तराई क्षेत्रबाट विपी राजमार्गहुँदै लागूऔषध तस्करी भई लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रे बनाएको समेत देखिन्छ ।
पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रुपमा रहेको विपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले राजमार्गमा ‘एक्सन टिम’ परिचालन गरिएको प्रहरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालले बताए । उनका अनुसार पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागूऔषध संकलन गरी बनेपा र आसपासका शहर तथा काठमाडौंमा बिक्री गर्दै आएको देखिन्छ । लागूऔषध विशेष गरी युवा पुस्ताले प्रयोग गरेको पाइएको प्रहरीकै अनुसन्धानले देखाएको छ ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया