हेमन्त कान्छा र प्रेमाको ‘मयालाई’मा विजय र शरिष्मा (भिडियाे)

काठमाडौं। गायक तथा सारंगी बाधक हेमन्त कान्छा रसाइलीको पन्चेबाजाको नयाँ गीत मयालाईको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतको भिडियोमा हेमन्तलाई स्वरमा गायिका प्रेमा पुर्जाले साथ दिएकी छन् ।
जसमा शब्द राजकुमार बगरको रहेको छ भने संगीत प्रेमा पुर्जाको रहेको छ । भिडियोमा एरेन्ज गायक स्वयमकै रहेको छ भने मिक्सिगं तथा मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ ।
लगनको महिनालाई लक्षित गरेर गायक हेमन्तले बजारमा ल्याएको पञ्चेबाजाको सार्वजनिक भिडियोमा मोडलद्धय बिजय पुन र शरिष्मा मगरको रोमान्टिक नृत्य देख्न सकिन्छ । छमछम नचाउने शैलिको भिडियोमा शरिष्मा र विजय गज्जबसँग खुलेर नाचेका छन् ।
निरन श्रेष्ठको कोरियोग्राफी रहेको सार्वजनिक गीतको निर्देशन पनि गायक स्वयमले नै गरेका हुन् । राम केसीको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन । भिडियोको निर्माण गायिका तथा संगीतकार प्रेमा पुर्जाले गरेकी हुन् ।












एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया