नेपाल टेस्ट टोली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपालले आज पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्दैछ । हरारे स्पोर्ट्स क्लबमा नेपाली क्रिकेट टोलीले आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा आइतबार जिम्बावेविरुद्ध खेल्न लागेको हो । खेल नेपाली समय अनुसार आइतबार दिउँसो १२ः४५ बजेबाट सुरु हुनेछ ।
नेपाल आफनो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाबेलाई स्तब्ध पार्ने उद्धेश्यसहित मैदानमा उत्रनेछ । अभ्यास खेलमा पराजय भोगिरहेको चोट बिर्सेर नेपाली टोलीले आज जिम्बाबेलाई घरेलु मैदानमा स्तब्ध पार्ने दाउ राखेको छ ।
पहिलो पटक टेस्ट मान्यता प्राप्त टोलीसँग खेल खेल्न लागेको नेपाली टोलीलाई मनोबैज्ञानिक रुपमा कमजोर अनुभुति भए पनि नयाँ उत्साहका साथ मैदानमा उत्रने भएकाले आशा गर्ने ठाउँ रहेको क्रिकेट प्रेमीले जनाएका छन् ।
खेलबारे नेपाल क्रिकेट सघले भनेको छ, ‘राइनोज (नेपाल) ले आफ्नो अन्तिम अभ्यास सत्र पूरा गरी आईसीसी विश्वकप छनोटका लागि तयार भएका छन् ।’









नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
प्रतिक्रिया